एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे तीन दलका शीर्ष नेताबीच छलफल



 

काठमाडौँ ।  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । उनीहरूबीच एनसेल खरिदबिक्री प्रकरणबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मङ्गलबार साँझ पनि गठबन्धन दलका शीर्ष नेताहरूबीच सोही विषयमा छलफलमा छलफल भएको थियो । एनसेल खरिदबिक्री शङ्कास्पद भएको भन्दै छानबिन गर्ने सहमति जुटेको थियो ।  आज संसद्का दुई वटा संसदीय समितिमा पनि एनसेल खरिदबिक्रीबारे बहस भएको छ । लेखा समिति र अर्थ समितिमा एनसेल बिक्रीबारे छलफल भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा