रविको चुनौतीः एनसेलबाट कुन नेताले कति खाए छानबिन गर्न तयार हो ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको शेयर बिक्रीमा कुन कुन नेताले कति खाए भन्ने छानबिन गर्नुपर्ने बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत लामिछानेले नियामानुसार लाग्ने कर तिर्नु नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला–दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो भन्दै प्रश्न गरेका हुन् । उनले भनेका छन्, ‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मदादेखि नै चलखेल थियो । टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ??’

मंगलबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिदबिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गर्दै छानबिन गर्ने निष्कर्ष निकालेको थियो । सरकारले यसबारे छानबिन गर्न समिति गठनको तयारीसमेत गरेको छ । त्यस्तै लेखा समितिले पनि सरकारी निकायलाई शेयर खरिद बिक्रीबारे ९ वटा प्रश्न गर्दै पत्र पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको

सदन चल्ने सहज वातावरण नभए अध्यादेशको बाटो रोज्नुपर्ने हुन्छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा

जतिपटक विश्वासको मत लिनु परेपनि पाउनेमा विश्वस्त छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि