सत्ता गठबन्धनले मुलुकलाई सही दिशामा लैजान नसक्दा प्रतिगामीहरू सलबलाएः अध्यक्ष ओली



बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्ने काम भइरहेको बताएका छन् ।

बिहीबार ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत गोठलापानीमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिचानको सवालमा एमालेले सबैभन्दा बढी आवाज उठाएको बताए ।

उनले मुलुकलाई सत्ता गठबन्धनले सही दिशामा लैजान नसक्दा अहिले प्रतिगामीहरू सलबलाउन थालेको बताए । गणतन्त्रको विरोध गर्ने दुस्साहसिक काम भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले अब पछाडि फर्कन र रैती हुन नसक्ने बताए ।

उनले भने, ‘प्रतिगामीहरु दुलाबाट टाउको निकालेर सल्बलाउन खोजेका छन्, कुनै बेलाका महाराज भनेर अहिले सालिक ठड्याउने जस्तो काम समेत हुन थालेको छ । याद रहोस् हामी पछाडि फर्कन सक्दैनौं, फेरि कसैको दास, रैती हुन सक्दैनौं ।’

उनले एमालेकै पहलमा समानुपातिकको व्यवस्था आएको स्पष्ट पारे । अध्यक्ष ओलीले पहिचानको नाममा राजनीति अराजकता, अरुलाई हमाला गर्ने र हिंसा फैलाउने काम भएको बताए ।

उनले बलियो राष्ट्रिय शक्तिको निर्माण र देशलाई समृद्धि र सुशासन ल्याउने बाटोमा ल्याउनका लागि अहिले बैतडीदेखि पाँचथरसम्मको यात्रा थालिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवाहरूको सपनाको हत्या जति यो अवधिमा भयो –त्यति इतिहासमा कहिल्यै भएन

केशवप्रसाद भट्टराई । २०६२/६३ पछिको झन्डै दुई दशकको अवधिमा राम्रो के भयो र

वनमा डढेलो लगाएको आरोपमा काभ्रेमा पाँचजना पक्राउ

काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी

कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिँदै

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।