बैतडीबाट एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु



बैतडी । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु भएको छ । बिहीबार नेकपा एमालेका अध्यक्ष महाकाली किनार झुलाघाटमा झण्डोत्तोलन गरेर पदयात्राको शुभारम्भ गरेका हुन् ।

पदयात्रा कार्यक्रममा सहभागी हुन एमालेको केन्द्रीय पदाधिकारीसहित शीर्ष नेतृत्व बुधबार बेलुका नै बैतडी पुगेको थियो । सङ्कल्प यात्राको उद्घाटनपछि त्रिपुरासुन्दरी मन्दिरको दर्शन, सहिद दशरथचन्द, बलदेव रिचपलेको शालिकमा माल्यार्पणको कार्यक्रम छ ।

त्यसपछि बिहान ११ बजे गोठलापानीमा आमसभाको आयोजना गरिएको छ । त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको जनाइएको छ । यो यात्रा मध्यपहाडी लोकमार्ग केन्द्रित हो ।

सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट, सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीद्वारा महाधिवेशनमा सहभागी हुन ६ सयलाई पत्राचार

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिष्ट–सोसलिस्ट–लेबर

उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखाएको छः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा

‘गृहमन्त्रीमाथि छानबिन गर्न सरकार किन डराएको ?’

नेपालगंज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल भन्दा देश माथि छ

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नु हुँदैनः सचिव भट्टराई

ताप्लेजुङ ।  नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी