विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार जाने



काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी यही मङ्सीर २३ गते कतार जान लागेका उनको सचिवालयले जनाएको छ ।

यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।

त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले बुधबार गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उहाँ दोहा २१औँ फोरममा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीमा जनताका पैसा फसेपछि घरजग्गा कारोबारमा नराम्रो प्रभाव, बढ्न सकेन कारोबार

नारायण ढुंगाना, काठमाडौँ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि

ललितपुरको बाफलमा आगलागीबाट पाँचजना घाइते

ललितपुर । आगलागीबाट ललितपुरमा पाँच जना घाइते भएका छन् । ललितपुरको बाफलमा एउटा

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित

भोजपुर । नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन्

युवाहरूको सपनाको हत्या जति यो अवधिमा भयो –त्यति इतिहासमा कहिल्यै भएन

केशवप्रसाद भट्टराई । २०६२/६३ पछिको झन्डै दुई दशकको अवधिमा राम्रो के भयो र