सिंहदरबारको आर्ट ग्यालरीमा ओलीलाई प्रचण्डको स्वागत


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । त्यसक्रममा प्रधानमन्त्रीले ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको आर्ट ग्यालरी अवलोकन गराएका थिए ।

२०७२ को भूकम्पले क्षतिग्रस्त भएको उक्त भवन रेट्रोफिटिङ हालै सकिएको थियो । एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान सुरु गर्दैछ । त्यसको पूर्वसन्ध्यामा दुई नेताबीच भेटवार्ता भएको हो ।