गाजाबाट १३ इजरायली र १२ जना थाइ बन्धक रेडक्रसलाई हस्तान्तरण



बीबीसी । हमासले नियन्त्रणमा लिएका १३ जना इजरायली बन्धकहरू रेडक्रसलाई बुझाइएको छ । त्यसैगरी बेग्लै सहमति अनुसार भन्दै थाइल्याण्डका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका १२ जना थाइ नागरिक रिहा भएको बताएका छन् ।

गाजाबाट रफाह नाकामा इजरायली सुरक्षाकर्मीहरूले मुक्त भएका मानिसहरूको परिचय जाँच गर्ने छन् । त्यहाँ उनीहरूको स्वास्थ्य परीक्षण पनि हुने छ। त्यहाँबाट उनीहरूलाई हेलिकप्टरमा राखेर इजरायली सीमाभित्र लगिने छ ।

कतारले मध्यस्तता गरेको चारदिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौता अनुसार शुक्रबार नै इजरायलले महिला र बालबालिका सहितका ३९ प्यालेस्टिनी बन्दीहरू रिहा गर्दैछ । इजरायल–हमास युद्धमा शुक्रबार बिहान ७ बजे अस्थायी युद्धविराम सुरु भएको थियो ।

इजरायल–हमास सहमतिअन्तर्गत चार दिनको युद्धविरामको अवधिमा हमासले गाजाबाट कुल ५० जना बन्धकहरूलाई मुक्त गर्ने छ भने इजरायलले १५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने छ ।

अस्थायी युद्धविराम सहमति अन्तर्गत सहायता बोकेका कम्तीमा ६० ट्रकहरू इजिप्टतर्फको रफाह नाका हुँदै गाजा प्रवेश गरेका छन् । इजरेलका अनुसार तीमध्ये आठ वटाले इन्धन बोकेका छन् ।

इजरायलले मानवीय युद्धविराम अस्थायी स्वरूपको भएको भन्दै उत्तरी गाजातर्फ नफर्कन चेतावनी दिए पनि केही प्यालेस्टिनीहरू घर फर्कन थालेका छन् । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १२ सय जना मानिसहरू मारिएका थिए। त्यसबेला नै हमलाकारीहरूले २४० जनालाई बन्धक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

संसद्को अवहेलनामा गृहमन्त्रीलाई कारबाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसद्को