गणतन्त्रजीको कल्याण होस्



डा. गोविन्दशरण उपाध्याय ।

(१) मैले बुझेको कुराः गणतन्त्र वा लोकतन्त्रसँग जनतालाई कत्ति पनि समस्या छैन । समस्या संविधानमा छ । निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, आफ्ना मान्छे भर्ना गर्ने मिल्ने समावेशीपनजस्ता देशको स्रोतसाधनले बोक्नै नसक्ने ‘सर्वदलीय सम्झौता’ नेता र तिनका झोले बाहेक कसैको लागि स्वास्थ्यकर बनेन । साथै, समाज सेवा गर्छु भन्ने नेता र तिनका झोलेहरूलाई मेयर, गापा प्रमुख तथा सदस्यहरूका रूपमा सरकारी पैसाबाट जागिर, वर्गसङ्घर्ष गर्न राजनीति गर्नेले जातीय घृणावादको पाटो अङ्गीकार, नेताहरूको विलासीशैली र विदेशीलाई खुसी बनाउन जनतालाई उल्लु बनाउने हर्कतहरू र आफ्ना झोलेहरूले गरेको भ्रष्ट्राचार देख्दै नदेख्ने व्याबहारिक प्रवृत्ति नै अहिलेका समस्याका आधार हुन् ।

(२) आत्मालोचना गर्न नसक्ने र केवल गणतन्त्र वा लोकतन्त्र नामको अमुर्त राज्नानैतिक व्यबस्थाको विकल्प छैन भनेर फलाक्दैमा जनतामा देखिएको गहिरो वितृष्णा समाप्त हुँदैन । संविधानअनुसार चुनिएको सरकारले जनताको सुन्नुपर्छ, विदेशीको होइन । दुर्गा–प्रसाईहरूलाई नजरवन्द गर्दैमा जनताले व्याबहारिक जीवनमा भोगिरहेका समस्याहरूको हल हुँदैन ।

(३) नेताहरूको तीनमुखे र झोलेहरूलाई संरक्षण गर्ने प्रवृत्तिबाट जनता आजित भएका छन् । झोलेहरूले व्यबस्था जोगाउन सक्ने भए १७, ४६ तथा ६३ को आन्दोलन हुने थिएनन् । झोले मजवुत हुँदैमा देश बलियो हुँदैन । अराजकता निम्त्याउने ‘काण्ड’हरू आत्मसमीक्षा गर्नुपर्छ । समय फर्किंदैन तर सबैलाई बगाएर नामनिशान मेटाउन सक्ने क्षमता राख्छ । अमेरिका वा भारतलाई खुसी राख्न धर्मनिरपेक्षता, जातीयता र राजाको कार्यकालमा निर्माण गरिएका भए पनि कलकारखानाहरू लाद्नु र बेच्नुनै गणतन्त्रवादीहरूको अपराध हो ।

(४) लोकतन्त्र स्थापित हुँदासाथ शिक्षा क्षेत्रबाट आफ्ना झोलेहरूलाई विदा दिंदै, नेपाललाई शिक्षाको हव बनाउने दिशातिर लागेको भए, कलकारखाना उद्योग खोलेर युवाशक्तिलाई विदेश पलायन हुनबाट रोकेको भए, समाज सेवा गर्छु भन्दै राजनीतिमा आउनेहरूलाई ‘जागिरे’ नबनाएको भए गापाबाट सजिलै पासपोर्ट प्राप्त गरेर विदेश पलायन गर्ने अवस्था आउने थिएन । गाउँगाउँका कृषिक्षेत्रहरू बन्जार रहने थिएनन् । विदेशबाट ठूलो ऋण लिएर निर्माण गरिएका राजमार्गहरू भारतीय चामल घरघर पुर्याउने साधन बन्ने थिएनन् ।

(५) संस्कृतमा लेखिएको छः भोको मान्छेले, चोरले, बालबालिका र रोगीले अर्काको मर्का कत्ति पनि बुझ्दैनन् रे ! गणतन्त्रको ठेक्का लिएका नेतृत्वबाट जनता रुष्ट छन् । जनताहरू भोका छन्, नाङ्गा छन्, नेताहरूले दिएका अनेकौं वादाहरूका कारण अत्यन्त महत्वाकांक्षी बनेका छन् । महत्वाकांक्षले तीब्र असन्तोष जन्माएको छ । भोकले कसैको भाषण सुन्दैन, भोजन खोज्छ । भारतको खुला बजारमा नेरू ६४ मा पाइने चिनी दशैँतिहारमा नेरू १५० रुपैयाँमा बिक्छ भने जनताले यस्तो असक्षम र दलाली गर्ने राजनैतिक नेतृत्वलाई सम्मान गर्दै गणतन्त्र र गणतन्त्रवादीको जय भन्न सक्दैनन् । झोलेहरूले पनि त्यही चिनी किन्नेहरू र जनताले पनि । खै, दुर्गा प्रसाईंलाई नजरबन्द गर्दैमा अराजकता रोकिएला जस्तो लाग्दैन ।
जेहोस्, गणत्रन्त्रजीको कल्याण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतसँगको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायोः शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त

देवघाटमा मकरस्नान गर्न भक्तजनको घुइँचो(फोटोफिचर)

नवलपुर (नवलपरासी) । हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइई परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको एसइईको परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौं । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व