पप्पुलाई पार्टीमा भित्राउँदा एमालेका कुनै कार्यकर्ताले असहमति जनाएको किन सुनिएन ?



नारायण गाउँले ।

‘पप्पुलाई समायो, लुट्ने र ठग्नेलाई ठेगान लगायो’ ! त्यसैले एमालेलाई भोट दिनुहोस् !’ गएको चुनावमा एमालेको नारा यस्तो थियो ! उद्घाटनअघि नै भत्किएको पुलको फोटोसहित ‘केपी बा’ भन्ने र्याप गीत अझै युट्युवमैं छ । अहिले देशको ध्यान दुर्गा प्रसाईंतिर केन्द्रित भएका बेला त्यही ’केपी बा’ले फूलमाला लगाएर पप्पूलाई पार्टीमा स्वागत गरे । देशले चिन्न नसकेको एक अद्भुत विकासप्रेमी नेता भन्दै देशमा पप्पूको खाँचो रहेको भाषण गरे । कुनै कार्यकर्ताले असहमति जनाएको र विरोध गरेको सुनिएन । हाम्रो राजनैतिक निष्ठा र संस्कार यस्तो हुन्छ ।

एउटा व्यक्ति अमुक दलमा प्रवेश गरेको या निस्किएको घटना भए बोलिरहनु जरूरी हुँदैनथ्यो । तर जसले सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको छ, भ्रष्टाचार र अनियमिततामा अदालतबाट सजाय पाएको छ र देशका दर्जनौं प्रोजेक्टहरूलाई अलपत्र बनाएको छ, त्यस्तो व्यक्तिलाई हाकाहाकी यसरी राष्ट्रिय दलमा देशलाई चाहिने नेताको रूपमा स्वागत गरिनु देशप्रतिको आपराधिक कार्य हो ।

पप्पु कन्स्ट्रक्शन राजनैतिक पहुँचका आधारमा सरकारी ठेक्का हात पार्ने, पेश्की लिने र काम नगर्ने गतिविधिले गर्दा कालोसूचीमा छ र अर्बौंका दर्जनौं पुराना ठेक्काहरू अलपत्र पारेर बसेको छ । निर्माण सम्पन्न भएका ठेक्काहरू गुणस्तरहीन र सम्झौताविपरीत भएको सरकारी छानबिनले नै पुष्टि गरेका छन् । कालोसूचीमा रहुन्जेल नयाँ ठेक्का पाउने सम्भावना छैन । यस्तोमा थप कारबाही र जरिवानाबाट बच्न अनि फेरि ठेक्का हात पार्न उसलाई बलियो राजनैतिक साथ चहिएको स्पष्ट छ ।

दुर्भाग्य, नेपालमा केही करोड नजराना टक्राएपछि पार्टीको फूलमाला र झण्डा पाइन्छ, सफाइ पाइन्छ । ओली नभए देउवा छन्, देउवा नभए प्रचण्ड छन् । नेपालमा समयमैं र तोकिएको लागतमा । सम्पन्न भएका ठेक्का कति होलान् ? प्रायः सबै ठेक्का तोकिएको समयभन्दा दोब्बर–तेब्बर ढिला र महँगा बन्ने गरेको त देख्नुभएकै होला । र पनि बारम्बार तिनले नै ठेक्का पाउँछन् किन ? यसको उत्तर पनि तपाईंलाई थाहै छ । ती ठेकेदार मात्र नभई कांग्रेस–एमाले र माओवादीका नेता पनि हुन् । हाम्रा अन्नदाता र पूज्य पनि हुन् ।

तर त्यो पूजाको मूल्य देशले र नागरिकले पुस्तौंसम्म चुकाउनु पर्छ । देशको आम्दानीले त तलबभत्ता नै पुग्दैन । ऋण लिएर गरिने विकास खर्च र ठेक्का कहाँ र कसरी खर्च हुन्छ भन्ने बुझ्नुभएकै होला ! पार्टी क्याडर मात्र होइन, देशको नागरिक पनि हुँ भन्ने लाग्छ भने सबैभन्दा पहिले विरोध गर्नुपर्ने एमाले कार्यकर्ताले नै हो । क्याडरमात्रै हुनुहुन्छ भने त कति खेदो खनेको भनेर मेरै विरोध गरे पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

  काठमाडौँ । सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह

‘एसइई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले

‘तपाईलाई किन पदबाट नहटाउने’ भन्दै कुलमानलाई उर्जा मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ऊर्जामन्त्री दीपपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि

सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई