कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले


विराटनगर । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले पदबाट राजीनामा दिएका छन् । शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका छन् ।

शुक्रबार मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगुलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

एमालेले प्रदेश सरकारमा आफू र कांग्रेसको मात्र सरकार बन्नुपर्ने भन्दै ५ मन्त्रालयमा दाबी गरेको थियो । सहमतिविपरीत सरकार विस्तार गरेको भन्दै उसले मन्त्री फिर्ता बोलाएको हो ।