काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठबन्धन जोगाउन भन्दै पार्टी सभापति शेरबहादुर देउवाले चिर्कटोमा हस्ताक्षर गरेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार सभापति देउवासँग भेट गरी महामन्त्रीद्वयले सभापतिले चिर्कटोमा हस्ताक्षर गरेको भन्दै आपत्ति जनाएका हुन् । सभापतिलाई आफूहरुले चिर्कटोमा हस्ताक्षर गरेकोबारे प्रश्न उठाएको महामन्त्री शर्माले बताए ।
उनले भने, ‘चिर्कटोमा सम्झौता किन गरियो, गर्नुपर्नाका कारण के हुन ? प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । सभापतिजी गठबन्धन दलको ठूलो दलको नेता, गठबन्धन बलियो बनाउन भन्दै किन चिर्कटोमा हस्ताक्षर गर्नुपरेको हो ?’
महामन्त्री शर्माले कोशी प्रदेशको आफू, सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेता विजयकुमार गच्छदार, डा. नारायण खड्कालगायत कोही पनि नेतासँग सल्लाह नगरेकोमा देउवासँग आपत्ति जनाएको बताए ।
महामन्त्री शर्माले कोशी प्रदेशमा भएको घटनाबारे शेखर कोइरालो प्रस्ट पार्नुपर्ने बताए । उनले भने, ‘कोशीमा विकसित घटनाक्रमबारे नेता शेखर कोइरालाप्रति आशंका हो भने उहाँले नै वक्तव्य दिने कुरा हुन्थ्यो होला । तर सभापतिले किन हस्ताक्षर गर्नुभयो ? कोइरालाले पनि जबरजस्ती कांग्रेसको भाग माओवादीलाई दिइयो भन्ने भाष्य बनाउनुभएको छ । त्यो कांग्रेसको भाग दिइएकै होइन । कुनै प्रदेशमा कांग्रेसको भागको हुन त बहुमत ल्याएको पनि हुनुपर्थ्यो नि ! ‘
उनले यो घटनाबारे सभापति देउवा र कोइरालालेले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए । उनले पार्टी सभापति र कोइरालाले पार्टी पंक्तिलाई कोशीबारे जवाफ दिनुपर्ने बताए ।

प्रतिक्रिया