इरानी जेलमा रहेकी अधिकारकर्मी नर्गिस मोहम्मदीलाई यसवर्षको नोबेल शान्ति पुरस्कार



यसवर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाएकी छिन् । महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवअधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।

मोहम्मदीले अहिले इरानको जेलमा छिन्। इरानको सत्ताले उनलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ। उनी पाँच पटकसम्म दोषी ठहर भएकी छन् । मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ । आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ।

नोबेल समितिले शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूलाई तिनको देशको नागरिक समाजको प्रतिनिधि मान्छ । अहिलेसम्म नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र साहित्य तर्फका विजेताको नाम घोषणा गरिसकेको छ ।

गत वर्ष अर्थात् २०२२ मा बेलारुसी मानव अधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानव अधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजले शान्ति पुरस्कार पाएका थिए ।

विभिन्न विधाका पुरस्कारका लागि शोध संस्थानका सदस्यहरू, विश्वविद्यालयका प्राध्यापकहरू, वैज्ञानिकहरू, पूर्वविजेताहरू र अन्यले मनोनयन गर्छन् । नोबेल फाउन्डेशनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन । कसैले आफैँलाई मनोनयन गर्न पाउँदैन । एउटा पुरस्कार बढीमा तीन जनाले पाउन सक्छन् ।

नोबेल फाउन्डेशनको नियमानुसार यदि कुनै विधामा त्यसवर्ष पुरस्कृत हुन कोही योग्य भएनन् भने पुरस्कार घोषणा हुँदैन र पुरस्कारको रकम अर्को वर्षका लागि राखिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ।

त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ । नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको

कतारले युक्रेनी संसद्को मानवअधिकार आयुक्त कार्यालयलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने

  कतारले रुससँगको युद्धबाट प्रभावित परिवार र बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले प्रभावकारी सेवाहरू