विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा नेपाली कांग्रेसको बोल्ने हविगत नै नभएको बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेस बिचरा भएको बताएका हुन् ।
उनले अहिले कांग्रेसलाई मानिसहरुले खोजिरहेकोसमेत बताए । उनले भने,’कांग्रेसको हविगत बोल्नै नसक्ने अवस्थामा पुगेको छ । उ विचरा भएको छ । देशमा भ्रष्टाचार बढ्दासमेत कांग्रेस बोलेको छैन । बिचरा कांग्रेसका नेताहरू । राजनीतिक गर्ने पाटीले बोल्नु पथ्र्याे । तर उ बोल्दैन ।’
उनले देशका समसामयिक समस्याबारे कांग्रेसका नेताहरुसमेत नबोलेको देख्दा आफूलाई उदेक लागेको बताए । अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्ला समयमा भएका विदेश भ्रमणहरु अर्थहीन भएको भन्दै मानसरोवरको यात्रा पाप पखाल्नका लागि गरिएको आरोप लगाए ।
उनले भने, ‘मानसरोवरसम्मको धार्मिक यात्रा पाप पखाल्नको लागि मात्र भएको हो । कसले कति र कत्रो पाप गरेको छ, घरमा पूजा पनि सोहीअनुरुप लगाए जस्तै हो प्रधानमन्त्रीको भ्रमण ।’ अध्यक्ष ओलीले कोशी प्रदेशमा मिलेर अघि बढ्नसमेत दलहरूलाई आग्रह गरे ।

प्रतिक्रिया