७० वर्षको चेतनाले मानिसलाई ‘राजनीति’ भनेको सडकमा भिड जम्मा गर्नु हो भन्ने बुझाएछ



डा. युवराज संग्रौला ।
१. ७० वर्षको चेतनाले मानिसलाई ‘राजनीति’ भनेको सडकमा मन्दिरमा र सम्मेलनमा भिड जम्मा गर्नु हो भन्ने बुझाए छ ।

२. सबैले सबैलाई दलाल भन्न सिकाएछ ।

३. कसैको पछाडि झोला बोकेर कुद्नु, अरुले झोला बोकेको विरोध गर्नु, र अझ हिजो त विचारका लागि झोला बोक्यो आज मानिसको झोला बोक्नेको बथान नै राजनीति हो भन्ने अचेत पो पलायो । राजनीति त साधन मात्र हो, त्यसले समाज विकासको कार्यक्रम जन्माउँछ । राजनीति लौरो हो, जसको आफ्नो जीवन हुन्न । त्यस्ले समाजको सांस्कृतिक उन्नयन र अर्थतन्त्रको समृद्धि निर्माण गर्छ ।

सत्ताको लागि संगठन निर्माण गर्ने र निर्वाचनको भर्याङ्ग चढ्ने राजनीति त कुलिनतन्त्र हो, जसले समाजको अधीन थोरै मानिसका हातमा राख्छ । यो राजनीति “भेडा गोठाला र भेडाको सम्बन्ध“ को सिद्धान्तबाट निर्देशित हुन्छ ।

समाजको उन्नयन र अर्थतन्त्रको समृद्धि निर्माणका कार्यक्रम बनाउने राजनीति ‘बिचार’ बाट निर्देशित हुन्छ । विचार तर्कमा आधारित हुन्छ। तर्क सत्यमा आधारित हुन्छ। सत्य तथ्यमा आधारित हुन्छ, तथ्य प्रकृति वा समाजमा निहित अन्तरविरोधबाट बन्छ। र, राजनीतिले यी अन्तरविरोधको विश्लेषणबाट यात विरोधाभाषको एकता निर्माण गर्छ यात एउटा अन्तरविरोधलाई पराजित गर्छ ।

यो चेतको अभावमा निर्माण भएको भेडातन्त्र नेपाली राजनीतिको आजको समस्या हो । कहिले राष्ट्रपतिको मन्दिर भिड, मानिसको घुइँचो हुन्छ । कहिले राजाको मन्दिर भिड मानिसको घुइँचो हुन्छ। कहिले शिक्षकको सडक भिड मानिसको घुइँचो हुन्छ । कहिले कसैको सम्मेलनको भिड मानिसको घुइँचो हुन्छ । घुइँचोको यस खचाखचमा चोरले फाइदा लिन्छ । राजनीति गर्ने हो भने ‘दिमागमा समस्या’ को छ्लफल गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुन स्पिरिटमा यो सरकार हिँड्नुपथ्र्यो, सकेनः शेखर कोइराला

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रमा बसेका नेताहरुले संघीयताको मर्मअनुरुप

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को

सुशासन कायम गर्न प्रधानमन्त्री कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सुशासन कायम गर्दै ‘समृद्ध

‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा एमालेका उपमाहासचिव