‘संविधानमा आउने व्यावहारिक कठिनाइ समाधान गर्न कांग्रेसले नेतृत्व लिनुपर्छ’



काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानमा आउने व्यावहारिक कठिनाइ समाधान गर्नका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय पदाधिकारीहरू तथा सदस्यहरूले उठाएका प्रश्न र सवालको जवाफ दिनेक्रममा उपसभापतिसमेत रहेका खड्काले भने, ‘विभिन्न जातजाति, समुदायको गुनासो रहँदारहँदै पनि समय क्रमअनुसार संशोधन गर्दै जाउँला भनेर तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भएको हो । संविधानमा केही व्यावहारिक कठिनाइ आउन सक्छन्, त्यसलाई समाधान गर्न संशोधन गर्न कांग्रेसले नेतृत्व लिनुपर्छ । आजसम्म कांग्रेसले मध्यमार्गी धारबाट नेतृत्व गर्दै मुलुकलाई डोहोर्याएकोमा अलिकति मात्रै तलमाथि भयो भने यी सबै उपलब्धि गर्ल्यामगुर्लुम ढल्नेछन् । यो कुरा हामीले बिर्सिनुहुँदैन ।’

उनले संविधान बनाएपछि आठ वर्षसम्म पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेको विषयलाई ऐन, कानून बनाएर सम्बोधन गर्न र कार्यान्वयन गर्न दलहरू चुकेको धारणा राख्दै अब तीव्र गतिमा संविधानले परिकल्पना गरेका सङ्घीय ऐनहरू बनाएर सङ्घ, प्रदेश र स्थानीय तहको काम, अधिकार र समन्वयको सन्दर्भमा नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने बताए ।

खड्काले सबै मन्त्रालयलाई आफ्ना मन्त्रालयसँग सम्बन्धित कानून निर्माणका लागि आवश्यक पहल गर्न प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् बैठकमा एक महिना अगाडि नै निर्देशन भएको प्रष्ट पारे ।

उनले वर्तमान मुलुकको परिस्थिति, धार्मिक, जातीय, क्षेत्रीय कुरा आउँदा देखिएका सङ्केत राम्रो नभएको भन्दै नेपाली कांग्रेसले जातीय, धार्मिक, क्षेत्रीय र दलबीचको सद्भाव कायम गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा