सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित



काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ । आइतबार साँझ भएको सहमतिसँगै चिकित्सकहरूले थालेको आन्दोलन स्थगित भएको छ ।

चिकित्सकहरुको आन्दोलनका कारण आइतबार आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएका थिए । हेटौँडास्थित सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले आन्दोलन थालेका थिए । आन्दोलनरत चिकित्सकसँग वार्ताका लागि स्वास्थ्य मन्त्रालयले वार्ता समिति बनाएको थियो ।

सन्चो अस्पतालमा ड्युटीमा रहेका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । उक्त घटनामा पक्राउ परेका चार जना र पक्राउ पुर्जी जारी भएका पाँच जनासहित अन्य दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । त्यस्तै स्वास्थ्यकर्मी तथा स्वस्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको कार्यान्वयन गर्न सरकारले प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद

स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

त्रिभुवन विमानस्थलमा एयर अरेबियाको जहाजले नरेफाँटमाथिबाट एक्कासी गर्‍यो ओभरसुट

काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन