चिकित्सक कुटपिटको विरोधमा देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द



काठमाडौं । हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालका आकस्मिबाहेकका सेवा ठप्प भएका छन् । देशभरका अधिकांश अस्पतालले आज बिहानदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् ।

नेपाल चिकित्स संघले शनिबार विज्ञप्ति जारी गरी आइतबारदेखि आइतबारदेखि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने बताएको थियो । संघको आह्वानअनुसार आइतबार देशभरका अधिकांश अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको छ ।

सन्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरिएको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

संघले देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु माग पनि राखेको छ । संघको आह्वानमा अस्पताल बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद

स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

त्रिभुवन विमानस्थलमा एयर अरेबियाको जहाजले नरेफाँटमाथिबाट एक्कासी गर्‍यो ओभरसुट

काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन

त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको