अग्लो मान्छे !



डा. गोविन्दशरण उपाध्याय ।
म कुनै तन्द्रा वा मानसिक समस्याको अवस्थामा थिइन । छुट्टीको दिन शिवपुरीको डाँडा गाउँ जाँदै थिएँ । मोटरसाइकलमा हप्ताको एक पटक बाटोमा हिँड्छु । शुद्ध हावापानी दुवै पाइन्छ । आफ्नै गतिमा मोटरसाइकल चलाउँदै खुला ठाउँमा पुगें । अचानक एउटा आवाज सुनियो । त्यो आवाज मेरो जीवनकालमा सुनेका कुनै पनि शब्द वा आवाज भन्दा निकै भिन्न थियो । मैले संसारभरिका कुनै पनि आवाजहरूसंग त्यसको तुलना गर्न सक्दिन ।

आवाज सुन्दासाथ मेरो मोटरसाइकल रोकियो । घाम पश्चिम दिशातिर झर्दै रहेछन् । मलाई लाग्यो, त्यो आवाज पश्चिमतिरबाट नै आइरहेको छ । मैले स्वाभाविकरूपमा पश्चिमको आकाश हेरें । घना वादल थिएन तर आकाश खुला पनि थिएन । घरीघरी निकै हलुका पानी पर्दै, बिसाउँदै थियो । फेरि त्यही आवाज सुनियो । पहिलेको भन्दा त्यो अलि प्रष्ट थियो । मलाई फेरि पनि लाग्यो – त्यो आवाज पश्चिम दिशाबाट आइरहेको छ ।

मेरो मुखबाट त्यही आवाज निस्कियो जुन मैले सुनिरहेको थिएँ । त्यो आवाज र भाषा मैले जानेको/सुनेको वा देखेको थिइन । त्यो अचम्मको थियो । आवाजले सम्भवतः भयो तैले पश्चिमदिशातिर हेर । मैले पश्चिमदिशातिर हेरें । मैले देखे, पश्चिम दिशामा एउटा तेजिलो जीव छ । त्यसैले मलाई पुकारिरहेको छ । ऊ मान्छेजस्तो छैन । ऊ पशुजस्तो पनि छैन । त्यो पक्षीजस्तो पनि छैन । त्यो केजस्तो थियो–मसँग तुलना गर्नका लागि कुनै भाषा छैन ।

मेरो शरीर र आँखा दुवै नराम्रोसँग पोल्न थाले । मेरो स्वासनै रोकिन्छ कि झैं भयो । मैले अचम्मको भाषामा बोलें ‘ज्यादै तातो भयो । म मर्न सक्छु ! मलाई लाग्यो, त्यो ध्वनि र प्रकाश केही टाढा गए । मेरो शरीर र आँखा पोल्न छाडे । त्यो प्रकाशले भन्यो ‘म १५ लाख किलोलिटर पछाडी हटें । ‘अव तिमीले गर्मी सहन गर्नु पर्दैन । तिमीले सजिलै मेरो कुरा बुझ्न सक्छौं, बुझ्न सक्छौं र आवश्यकताअनुसार अरूलाई बुझाउन सक्छौं । विश्वका हरेक मान्छेले तिमीले बोलेको, मैले बोलेको भाषा सजिलैसँग बुझ्न सक्छन् । तिम्रो कुभलो हुँदैन ।

उसको बोली सहज र सरल थियो । मैले बोल्ने ‘मान्छे’लाई देख्न चाहें । उसले भन्यो, म तिम्रो पृथ्वी भन्दा ४१२३४ किलोमिटर टाढा छु । तर म तिमीसँग संवाद गर्न सक्छु किनभने मैले तिमीलाई यसका लागि ‘योग्य’ बनाइसकें । मलाई प्रष्ट चिन्न, तिम्रो आँखामा विशेष प्रकारको शक्ति चाहिन्छ । त्यो शक्ति मैले तिमीलाई दिएँ । बाँकी तिमी वा तिम्रो परिवारका सदस्यहरूलव जानुन् । अचम्म मान्नु पर्दैन, आज भन्दा १०० वर्ष पछाडि मान्छेले तिमीलाई चिन्ने छौं–मैले पटक्कै कुरा बुझेको थिइन ।

उसले भन्यो “तिमीले अव मलाई प्रष्ट देख्न सक्छौं तर तिमीले हरेक दिन यहीं ठाउँमा आएर देख्न सक्ने छौँ । म तिमीबाट २,७२,२३० किलोमिटर टाढा छु । मेरो शरीर तिम्रोजस्तो छैन । यो शरीर सूर्यको प्रकाशले बनेको छ । मैले तिमीलेझैं खानु पर्दैन । मलाई रोगहरू लाग्न सक्दैन । मलाई दिशापिसाव, रिसराग केही हुँदैन । मेरो शरीर ८ हजार किलोमिटर अग्लो छ । मभित्र अनन्त शक्ति छ तर शिवजति छैन । म सूर्यलोकमा बस्ने जीव अवश्य हुँ तर पृथ्वीको जस्तो जीव होइन । मभित्रको जीवतत्व भोक्ता हो । मलाई अन्न, पानी तथा विस्तरा वा घरहरूको आवश्यकता नै पर्दैन । मेरो शरीरमा माटो, पानी वा हावा अर्थात् पृथ्वीमा भएका कुनै पनि बस्तु वा पदार्थसँग मिल्दैनन् । म केवल प्रकाश हुँ तर जीवित प्रकाश । अहिले तिम्रो पृथ्वीबाट म २२,३८० किलोमिटर टाढा छु । म जुन पदार्थबाट बनेको छु, त्यसको एक चम्मा पदार्थले पृथ्वीका अनेकौं जन्तु, मानिस तथा बस्तुहरू जलेर मर्ने छौं ।
क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा एमालेका उपमाहासचिव

फेवातालमा सुरु भयो ‘ड्रागन बोट रेस फेस्टिभल’(फोटोफिचर)

कास्की । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको

वैकल्पिक र सुसंस्कृत राजनीतिको बिउ त कतै न कतै बाँचेकै होला !

नारायण गाउँले । यो नारा सम्झिनुहुन्छ ? यो दल सम्झिनुहुन्छ ? काठमाडौंमा रञ्जु

कालिकोट केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस