उमेर होइन, दिमागको विज्ञानले दुनियाँ बदल्छ
डा. युवराज संग्रौला ।
समाजको विकासक्रममा,
१. सामन्तहरु उदाए, उनस्हरु जमिनमा अरुलाइ काम लागाएर कुत खान्थे ।
२. त्यसपछि मार्क्सको भाषामा ‘बुर्जुवा’ उदाए । उनीहरु बस्तु उत्पादन गरेर बजारमा बेच्थे र ‘नाफा’ खान्थे । उत्पादनको लागत र “बजारको भाउ’ बीचको अम्मदानी मुनाफा हुन्थ्यो ।
३. यो मुनाफामा बुर्जुवाहरुले ठगी गर्न थाले । तब शोषक पूँजीपति र कामदार जन्मिए। पूँजीपति मजदूरको रगत पसिनामा शोषणद्वारा अतिरिक्त आम्दानी कमाए ।
४. राज्यले यस शोषणको रक्षा गर्यो, तब मार्क्स र एङेल्सले कम्युनिष्ट मेनुफेस्टो निकालेर भने ‘कामदारले क्रान्ति गर र आफ्नो राज्यसत्ता बनाउ।’
बर्न्सिस्टनले भने मार्क्सवाद सामाजिक विज्ञान हो । क्रान्तिको निर्देशिका होइन। ‘शान्तिपुर्ण ढंङ्गले चुनावबाट पनि समाजवाद निर्माण गर्न सकिन्छ।’
यी छलफल कति सामाजिक सन्दर्भ अनुकुल थिए, एसियामा ? हामीले आजसम्म विश्लेषण नगरेका कुरा हुन् । हाम्रो समाजमा ‘ओल्लो घर पल्लो घर तल्लो घर माथ्लो घर’ सबै गाई पाल्छन् , मकै छर्छ्न, इत्यादि । उत्पादन गर्छ्न तर किन्ने मान्छे छैन । यही हो नेपालको मुख्य समस्या आजको ? विवाद छ, बजार कसले निर्माण गर्छ ? रामशरणजीले भन्नू भयो ‘बजार बजारले सिर्जना गर्छ।’ हामीले तीस बर्ष कुर्यौं तर बजार बनेन । बरु माफियाको सिर्जना भयो र त्यसले राजनीतिलाई पनि आफ्नो अधिनमा राख्यो।’
सार्वजनिक अर्थतन्त्र मर्यो, र ‘लुटतन्त्र’को मुर्कुटो जन्मियो । तर युवाहरु भन्छ्न्’ यो देश युवाले नेतृत्व नगरेर यस्तो भयो।’ उनीहरु बाइलोजीलाई आईडोलोजी बनाइरहेका छन् । दुनियाँ विचारले बन्छ। विचारले ‘तथ्यबाट सत्य जन्मांउँछ।’ समाजका समस्या तथ्य हुन् । पहिला समाजका अन्तरविरोध निर्क्योल गर्नुपर्छ । मेरा विश्वासले दुनियाँ बदलिंदैन । बदलिने भने ‘टुकुचाको पानी दूध हो भनी विश्वास गररिदन्थें।’ उमेर होइन दिमागको विज्ञानले दुनियाँ बदल्छ।