के सर्वोच्च अदालतको आदेश नमान्ने अधिकार मसँग थियो त ?



चन्द्रदेव जोशी ।
मलाईसमेत आरोपी बनाएर सीआईबीले आरोपपत्र दाखिल गरेका खबर आएको छ । अझैपनि अनुसन्धानका प्रत्येक विन्दुमा मेरो सहयोग रहने नै छ । आरोपित भनिइरँदा पनि आम जनसमुदाय र सञ्चार माध्यमहरुले मप्रति गरेको विश्वासले भावविभोर भएको छु । मेरो निरन्तर संघर्षमय जीवनको ८६ वर्ष पुग्दासम्म पनि निश्कलंक जीवन यात्राको यो उपज हुनपर्छ । मेरा लागि सबैभन्दा ठूला सौगात भनेकै आम जनसुदायबाट पाएको स्नेह र विश्वास नै हो ।

देशको न्यायको सर्वोच्च निकाय सर्वोच्च अदालतसँग भने मेरो प्रश्न रहिरहने छ । न्याय निरुपणको सर्वोच्च निकाय सर्वोच्च अदालतले दिएको आदेश त्यो पनि आदेश पालना गरेर यथासिघ्र जानकारी गराउनु भनेको अवस्थामा र अदालतको आदेश अनुरुप सम्बन्धित कागजातमाथि निर्णय गर्ने अधिकार आफूसँग नभएको अवस्थामा निर्णय गर्ने अधिकार प्राप्त मन्त्रिपरिसदसमक्ष कागजात पठाउन स्वीकृति दिनु मेरो गल्ती नै हो त ? के सर्वोच्च अदालतको आदेश नमान्ने अधिकार मसँग थियो त ? कानुनी राज्यको परिकल्पनामा त्यस्तो सम्भव थियो ? मलाई सधैं नै जिज्ञासा रहिरहने छ । जीवनमा एक कलंकको पनि अनुभव गर्न पाउनु भने उमेरको यो अवस्थामा मेरा लागि जीवन अनुभव भएको छ ।

मलाई विश्वास गर्नुभएको सबैलाई ह्रदयदेखी नै फैरि पनि धन्यवाद । बाँकी कानूनी प्रकृयामा कुनै शुल्कसमेत नलिइ मलाई निरन्तर सहयोग गर्ने वरिष्ठ अधिवक्ता मेरा मित्र कृष्णप्रसाद भण्डारी र ललित बस्नेतप्रति म कृतज्ञ छु, उहाँहरुको निरन्तर सल्लाह र सुझावमा छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ