कट्टरपन्थीको साथीः धर्मनिरपेक्षता !
डा. गोविन्दशरण उपाध्याय ।
नेपालमा हिन्दूसमुदायलाई निरन्तर अपमानित गरेर जातीय द्वन्द्व निम्त्याउन चाहने को हुन् ? नेपाली समाजको संरचना समुदायका विचमा एकआपसमा घुलमिल भएर बनेको छ । हिन्दू, जैन, बौद्धआदि समुदायहरूको सामूहिक सहअस्तित्व र पृथ्वीनारायण शाहले हतियार निर्माण गर्न/गराउन लखनऊदेखि लिएर आएका मुसलमानहरू सहअस्तित्वमा छन् । देशमा इसाईहरूको पनि ठूलो जनसंख्या छ । साथै, जुनसुकै समुदायको व्यक्ति भए पनि सार्वजनिकरूपमा आफुलाई नास्तिक भनेर चिनाउने तर व्यक्तिगततहमा हिन्दू, बौद्ध, जैन जीवनशैलीलाई मान्नेहरूको ठूलो समुदाय छ ।
कुनै पनि धर्म स्वीकार गर्नु वा छोड्नु व्यक्तिको व्यक्तिगत अधिकारको विषय हो । यस्तो भन्ने स्वतन्त्रता पनि ८० प्रतिशत हिन्दू समुदायको उपस्थितिका कारण सम्भव भएको हो । बौद्धहरूलाई जतिसुकु उदार, शान्तिवादी ठानिए पनि श्रीलंका, थाइल्याण्ड, म्यामार, कम्बोडियाजस्ता देशहरू धर्मनिरपेक्ष छैनन् । न त्यहाँका जनताले धर्मनिरपेक्षताको चाहना राख्छन् । नेपालमा धर्मनिरपेक्षताको विषयमा बढी चर्चा हुन थालेको २०४७ को परिवर्तनपछि नै हो । नेपाली धर्मनिरपेक्षताको सबैभन्दा भद्दा व्यङ्ग्य के हो भने यसले धार्मिक, साम्प्रदायिक तथा नश्लमा नामुद कट्टर मानिने मुस्लिम, इसाई तथा अन्य नवोदित पन्थहरूलाई धर्मनिरपेक्ष शक्तिको रूपमा मान्यता दिनु हो ।
१९४७ मा भारत विभाजित हुँदा यही धार्मिक धर्मनिरपेक्ष शक्तिको देन थियो । १९५२ मा भारतीय संबिधानले मुसाई समुदायलाई ‘धर्मनिरपेक्ष शक्ति“को रूपमा स्वीकारको ‘राष्ट्रिय –घाउँ’ आज पनि बल्झिरहन्छ । दुःख कुरा के हो भने भारतको त्यो दुखाईबाट नेपालले शिक्षा लिन सकेन । बरू, इसाई, मुस्लिम समुदायलाई ‘धार्मिक कट्टरपन्थी’ शक्ति मानेर हिन्दूहरूलाई धर्मनिरपेक्ष शक्ति मानेको भए देशले प्रष्ट दिशा निर्देश पाउँथ्यो । निश्चयनै इसाई होस् वा मुस्लिम समुदाय नेपाली नागरिक हुन्, यिनलाई धार्मिक रूपमा दोश्रो वा तेस्रो दर्जाको नागरिकको व्यबहार गर्नु हुँदैन । धार्मिक अभ्यास गरेकोमा आलोचना वा विध्न गर्नु हुँदैन ।
नेपालको संबिधानले सत्यतत्थ्यलाई लत्याएको छ । कुनै पनि मुस्लिम, इसाई वा अम्बेडकर ब्राण्डको क्रिप्तो बौद्धले आफ्नो परिचय धर्मनिरपेक्ष शक्तिका रूपमा दिंदा घृणा गर्ने छ । उनीहरू पनि संबिधानले दिएको अवास्तविक परिचयबाट उठ्न चाहन्छन् । त्यो परिचय केवल धर्मपरिवर्तन गराएर आफ्नो समुदायको सङ्ख्या बलले मात्र सम्भव छ भन्ने तत्थ्यका आधारमा क्रियाशील छ । आफूले घृणा गर्ने “धर्मनिरपेक्षता“को वकालत गर्दा मात्र ‘धर्मपरिवर्तन’ गराउन निर्वाध हुन्छ भन्ने कुरालाई आत्मसात गरेका छन् । तर जसले धर्मनिरपेक्षता र जातीय पहिचानको चर्को आवाज उठाइरहेका छन्, तिनकै समुदायहरूले धर्मपरिवर्तन गरेर इतिहास रच्दैछ्न् । आजको धर्मनिरपेक्षताको प्रयोग गर्ने हैसियत प्राप्त गरेको दिन ‘जातीय, भाषिक तथा भूगोलका’ अधिकारहरु चर्च वा मस्जिदमा गएर टुंगिने छ । त्यहाँ एउटा धर्म, एउटा पुस्तक, एउटा जाति, एउटा भाषामात्र सीमित रहने छ ।
भारतवर्षका हिन्दूहरूमा ‘कट्टरपन्थी जीन’ नभएकोले स्वभावतः स्वागत गर्ने स्वभावका छन् । नत्र ८० प्रतिशत हिन्दू जनसंख्या भएको नेपाल ‘धर्मनिरपेक्ष’ बन्ने कुनै सम्भावना देखिन्न । बंगलादेश, म्यामार, भुटान, श्रीलंका, थाइल्याण्ड. अफगानीस्तान तथा पाकिस्तानको बहुमतले के–कस्तो राज्यसत्ता निर्माण गरेको छ ? हिन्दूहरुबाट यो कुरा लुकेको छैन । हिन्दूहरूको जीनमा ‘निरपेक्षता’ लुकेर बसेको छ, जसले स्वयंको सत्यानाश हुँदा पनि “निरपेक्ष“ स्वभावको आचरण गर्न बाध्य बनाइरहेको छ । नेपाल र भारत यी दुई देशका ८० प्रतिशत हिन्दूहरूले धर्मनिरपेक्षताको निरपेक्ष भावले अभ्यास गरेर ‘गणतन्त्र, लोकतन्त्र, समाजवाद, साम्यवाद’सबैको नाक जोगाइदिएको छ । प्रजातन्त्रको जनक मानिने वेलायत र अमेरिकाला राष्ट्रप्रमुखहरूले पनि “बाइबल“मा हात राखेर देशभक्ति र बाइबल भक्तिको कसम खाएकै हुन्छन् । मुस्लिम राष्ट्रहरूको विषयमा केही भन्न नै परेन ।
धर्मनिरपेक्ष शब्द र सोच दुवै निकै विवादित छन् । नेपालको धर्मनिरपेक्षतालाई बोकेर हिड्नेमा परस्पर विरोधी चिन्तन भएका ‘साम्यवादी र समाजवादी’ हुन् । साम्यवादी लेफ्ट मानिन्छन्, समाजवादी मध्यममार्गी (कंग्रेसआदि) र राप्रपाजस्ता दलहरूलाई राइट अर्थात् दक्षिण पन्थी मानिन्छ । चरमकट्टर पन्थी मुस्लिम र इसाई अम्बेडकरवादीजस्ता समुदायहरू दक्षिण, उत्तर, पश्चिम, लेफ्ट कुन् पन्थका पर्छन्, राज्यले यिनको लिंग छुट्याएको छैन । आदिवासी, जनजाती, मूलवासी, इसाई, मुस्लिम, अम्बेडकरवादीजस्ता कट्टरपन्थीसंग नेपालको धर्मनिरपेक्ष सरकार सधैं डरले थरथर कामिरहेको देखिन्छ । यो कट्टरपन्थी शक्तिका अगाडी सरकार नुन खाएको कुखुराझैं निरीह देखिन्छ भने परम्परागत हिन्दू, बौद्ध, जैन तथा किरातीहरू समक्ष धर्मनिरपेक्षताको पक्षमा सहृदयी बन्ने ‘काइते’ उपदेश दिन्छ । सरकारले अराजक विरुद्ध कुनै कानुन कार्यान्वयन गर्न सक्दैन तर कानुनको सम्मान गर्ने हिन्दू–समुदायलाई धार्मिक विश्वासका आधारमा दोस्रोदर्जाको नागरिक सरह व्यबहार गर्न छोड्दैन ।
जव कुनै हिन्दूले कट्टरपन्थीको आलोचना गर्छ, त्यस बखत धर्ननिरपेक्ष सरकार ती कट्टरपन्थी अल्पसंख्यकहरूको बचाउँमा उत्रिन्छ । भारतमा पनि ठ्याक्कै यही चाला देखेर १० वर्ष अगाडी जनताले भोटका माध्यमबाट सत्ता नै परिवर्तन गरिदिए । तर यही कट्टरपन्थी (धर्मनिरपेक्षतावादी) भारतमा बहुमत हुन्थ्यो भने भोट होइन हतियारका बलमा सत्ता परिवर्तन हुन्थ्यो । हालै, नाइजर र नाइजेरिया यसका उदाहरण हुन् भने अफगानिस्तान र सिरिया पनि बलियो उदाहरण हो । उदाहरणका लागि यो आलेख तयार पार्दै गर्दा भारतका प्रसिद्ध युवा कथाबचक धीरेन्द्र कृष्ण शास्त्री नेपालमा आएका छन् । १२ भाइ सिन्डिकेटका रूपमा बदनाम धर्मनिरपेक्षतावादी मिडियाहरूले उनको समाचार बहिस्कार गरेका छन् । तर यिनै मिडियाले कोरियाकी चर्चित इसाई माताले ‘होलीवाइन’ ख्वाउंदा ठूलाठूला ब्यानरमा ‘जयजय’कार गरेका थिए । अचम्मको कुरा त के भने धर्मनै मनान्ने “प्रगतिशील“ शक्तिले राज्यशक्तिको चरमदुरुपयोग गरेर ‘माताको सेवा गर्दा’ धर्मनिरपेक्षता खतरामा देखेको थिएन ।
हिन्दू बोल्यो कि नेपालको धर्मनिरपेक्षताको पेशा खतरामा पर्छ ! यहाँको प्रगतिशील, समाजवादी तथा जातीय पहिचान खतरामा पर्छ । हिन्दूहरूलाई ‘ककेशिया’ पुर्याउने नारा घंकिन्छन् । नेपाल र नेपालीको भलो चाहने सहृदयी नेपालीहरूले गाँठो पारेर बुझे हुन्छ कि नेपालको गणतन्त्र, धर्मनिरपेक्षता जातीय र धार्मिक कट्टरपन्थीको हिमायती र धर्मनिरपेक्ष एवं सहअस्तित्वको अभ्यास गर्ने बहुसंख्यक हिन्दू, जैन, बौद्ध तथा किराती समुदायको शत्रु हो भनेर बुझ्नु गलत हुँदैन । नत्र समुदाय विशेषलाई जातीय, धार्मिक आधारमा हिंसातिर उन्मुख गराउन तत्पर ‘घृणावादी’हरूलाई सरकारले न्यायको डण्डा किन चलाउन सक्दैन ? उत्तर फेरी पनि त्यही हो ‘यो गणतन्त्रले बहुमतलाई शत्रु ठान्छ ।
स्वस्तिअस्तु