सानो कुराः स्वतन्त्रता
डा. गोविन्दशरण उपाध्याय ।
समय : ७.५०, ठाउँ कतार एयर
‘कहाँ जाँदै हुनुहुन्छ – उनले सोधिन् । म जर्मनी जाँदै थिएँ । हामी सीटका सहयात्री भएकाले होला उनले नै कुरा थालिन् । ‘म बर्लिन जाँदैछु । ‘तपाईं नि ? ए, म पनि जर्मनी नै त हो नि ? उनले भनिन्। सच्चिकै भन्ने हो भने मलाई अलिअलि लाजअनुभव हुँदै थियो –मैले कुरा आरम्भ गर्न ।उनले नै आरम्भ गरेपछि ठीकै भयो ।
‘कहाँबाट आउनु भयो ? ‘नेपालबाट । ‘ए, नेपालमा त विश्वप्रसिद्ध पशुपतिनाथको मन्दिर छ, होइन र ? मैले भने ‘हो, पशुपतिनाथ, मुक्तिनाथ, लिम्बिनी, सगरमाथा, जनकपुर नेपालका प्रसिद्ध ठाउँ हुन् । यस बाहेक धेरै छन् । तपाईं नेपाल जानुभएको छ ? ‘अहँ, जाने निकै इच्छा छ । मैले हिन्दूधर्म ग्रहण गरेपछि एक पटक पशुपतिनाथको दर्शन गर्न साह्रै रहर छ ।’
‘हिन्दू भएपछि, अनि तपाईं पहिला के धर्म मान्नुहुन्थ्यो ? मलाई ज्यादै कौतुहल लागेर सोधें ‘म मुस्लिम परिवारमा जन्मिएको हुँ । म टर्कीको नगरिक हो तर अहिले न्युयोर्क विश्वविद्यालयमा इतिहासको सहप्राध्यापक छु । मैले धर्म परिवर्तन गरेको होइन । हिन्दूहरूले धर्म परिवर्तन गर्न पर्दैन । मान्छेले हिन्दू–आचरण स्वीकार गरेपछि ऊ स्वतः हिन्दू बन्ने रहेछ । मान्छेले ‘स्वतन्त्रताको बास्तविक अनुभव गर्न र स्वतन्त्र जीवन बाँच्न चाहन्छ भने हिन्दू जीवनशैली धेरै राम्रो हुन्छ ।’ उहाँको कुरा सुनेर मलाई अचम्म लागिरहेको थियो ।
‘तपाईं कुन् धर्म मान्नुहुन्छ नि ? ती महिलाले मसँग सोध्नु भयो । मैले भने ‘म हिन्दू हुँ तर हाम्रो समाजमा ‘तपाईं कुन् धर्म मान्नुहुन्छ’ भनेर सोध्ने चलन छैन । मान्छेहरूले आ–आफ्ना धर्म, सम्प्रदाय र आस्था मानिरहेका हुन्छन् । किन कसैको धर्म सोध्नु पर्यो र ?
‘हो, तपाईंले भन्नुभएको कुरा नै सत्य हो । म जन्मेको र हुर्केको मुस्लिम समाजमा ‘तिम्रो धर्म के हो ? भनेर सबैसँग सोध्ने गरिन्छ । यदि तपाईं मुस्लिमहरू हुन्छ भने उनीहरू सजिलो अनुभव गर्छन् तर तपाईं त्यही मुस्लिम समाजको वा पन्थको हुनुपर्छ, जुन सोध्नेवालाले विश्वास गर्छ । उदाहरणका लागि यदि सोध्नेवाला र उत्तरदाता दूवै सुन्नी छन् भने ठीक छ, नत्र सुन्नी र शिया भए भने एकआपसमा अस्वीकार गरिन्छ । एकआपसमा तल्लोतहको घृणा हुन्छ ।’
‘ए त्यसो पो, त्यसो भए मजस्तो हिन्दूलाई त्यो समाजमा कस्तो ठाउँ होला ? मैले स्वभाविक जिज्ञासा राखें । ‘हो, यो निकै महत्वपूर्ण प्रश्न हो । न्युयोर्क विविमा विद्यार्थीहरूले भर्ना गर्दा ‘धर्म’ कुन् हो भने लेख्नुपर्छ । मुस्लिम र इसाईहरूले एउटाले अर्कालाई ‘धर्म’को मान्यता दिंदैनन् भने उनीहरूले हिन्दू वा बौद्धहरूको धार्मिकअस्तित्वलाई स्वीकार गर्ने कुरा नै भएन । मुस्लिम समाजका लागि हिन्दूहरू निकै घृणित काम गर्ने व्यक्ति हुन् किनभने उनीहरू मूर्तिपूजा गर्छन्, धेरै देवीदेवता मान्छन् वा नास्तिक भएर पनि हिन्दू नै हुन्छन् ? मुस्लिम समाजमा हिन्दूप्रति निकै घृणा हुन्छ तर विकसित देशमा कानुनको डरले गर्दा बोल्न सक्दैनन्–उहाँले भन्नुभयो ।
‘नेपालमा त इसाई र मुस्लिम, हिन्दू, बौद्ध, जैन तथा किरातीहरू मिलेर बसेका छन् – मैले स्वाभाविक रूपमा भने ।
‘हो, यो राम्रो कुरा हो, असाध्यै राम्रो । उनीहरूको शास्त्रीय सिद्धान्तले अर्को सांस्कृतिक वा धार्मिक विश्वाससंग मिलेर बस्ने वा सहकार्य गर्ने अनुमति दिंदैन । बाइबल र कुरान कुरानले आफु बाहेकको संस्कृतिलाई नष्ट गर्ने रोडम्याप तयार गरिदिएको छ । नेपाली इसाई र मुस्लिमहरूले तेहाको बहुलवादलाई कहिलेसम्म स्वीकार गर्छन् ? यो एउटा महत्वपूर्ण तर बास्तविक प्रश्न हो ।
‘अहिलेको नेपाली राजनैतिक दृष्टिकोण धर्मनिरपेक्ष छ तर हिन्दू–सहित मौलिक संस्कृतिमा खलल पार्नेलाई दण्डको व्यबस्था हो – मैले भने ।
‘धर्मनिरपेक्षता एउटा मानवतावादी हतियार हो जसको प्रयोग विकसित राष्ट्रहरूले आफ्नो कुरा लाद्न प्रयोग गर्छन् । विकसित मुलुकहरूले साउदी, कतार, कुवैतजस्ता धर्ममा आधारित राष्ट्र र ती देश र ती देशले धार्मिक स्वतन्त्रतामा बन्देज गर्दा कुनै प्रतिबन्धको सामना गर्नु पर्दैन तर इरानसंग सधैं खटपट हुन्छ । धर्मनिरपेक्षता नितान्त राजनैतिक संस्कृति हो । मैले इन्टरनेटमा धर्मपरिवर्तन गर्ने मध्ये नेपालको नाम अगाडी रहेको पढेकी थिएँ । धर्मपरिवर्तन बढ्दै जाँदा देशले इतिहास, संस्कृति तथा मौलिकता गुमाउने निश्चित छ – तपाईंको सरकारी तन्त्रले कानुनी व्यबस्थाको उपहास गर्छ – उहाँको विचार थियो ।
‘तर म एउटा हिन्दू आस्था भएको व्यक्ति हुँ । मलाई लाग्छ, सबै धर्म समान हुन् र सबैको धार्मिक लक्ष ईश्वर प्राप्ति नै हुन्छमैले भने ।
‘हो, सैद्धान्तिकरूमा सबै धर्मगुरूहरुले यस्तै कुरा गर्छन् किनभने यो सुन्नलाई निकै मिठो छ । मेरै देशका मुस्लिम धर्मगुरूहरूले यो कुरा बारम्बार भनिरहन्छन् तर उनीहरू मसंग शत्रुतापूर्ण व्यबहार गर्छन् किनभने एउटी मुस्लिम महिला प्राध्यापक भएर ‘मानवीय स्वतन्त्रता’ उपयोग गर्नु कुरानका आज्ञाको अपमान हो । इसाईहरू पनि कम छैनन् । मैले न्युयोर्कमा एकजना नेपाली महिलाले धर्मगुरूका रुपमा उँचो आसनमा बसेर धार्मिक उपदेश दिएको र भीडले उनको सम्मान गरेको देखेकी थिएँ । मैले हिन्दू–महिलाको उच्चसम्मान देखेर हिन्दू–जीवनशैली स्वीकार गरेकी हुँ । मेरो मुस्लिमसमाजमा यो निकै अधार्मिक काम हो । एउटी मुस्लिम वा इसाई महिलाका लागि यो कुरा कल्पना वाहिरको हुन्छ–उहाँले आफ्नो बुझाई प्रष्ट पार्नुभयो ।
‘त्यसो भए हिन्दूहरूले पनि मुस्लिम र इसाईसंग मिलेर बस्न नसक्ने अभ्यास गर्नु उचित होला र ? मैले सोधें । ‘होइन. कदापि होइन । आजको बौद्धिक विश्वले हरेक मुसलमान, इसाई, नास्तिक वा अन्य आस्स्था भएको व्यक्ति वा समाजको मान्छेको मनमा हिन्दू–सोफ्टवेर खोजिरहेको छ । मान्छे शान्ति, विकास र सुखी जीवन चाहन्छ । इसाई–मुस्लिम वा मैले चाहँदैमा विश्वको बहुलवादी प्रकृति नष्ट हुँदैन । अन्ततः बाहिरी रूपमा कट्टर मुस्लिम, यहुदी वा इसाई देखिए पनि भित्र एउटा मान्छे लुकेको हुन्छ । त्यो मान्छे हिन्दू बाहेक कोही हुने सक्दैन । हिन्दूहरूको मानसिक तथा बौद्धिक बुझाईनै बहुलवादी भएकोले भविष्यको विश्वले हिन्दू प्रतिमानहरू स्वीकार गर्नेपर्छ । मभित्रको मान्छेले जीवनजगतलाई बुझ्न हिन्दू–चेतनाको प्रयोग गरे भैहाल्छ । धर्मपरिवर्तनले कट्टरता बाहेक केही निम्त्याउँदैन ।
उहाँको कुराले मभित्रको हिन्दू गौरव जीवन्त हुँदैथियो । मैले ’जान्नेलाई श्रीखण्ड नत्र खुर्पाको बीड़’ भन्ने उखान सम्झिएँ ।