मन्त्री सिफारिसलाई लिएर नागरिक उन्मुक्तिमा विवादः सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय


धनगढी । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ । सहमतिबमोजिम मन्त्रालयको भागबण्डा नगरिएको आरोप लगाउँदै सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

सहमति अनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सहभागी नहुने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्रीलाई पत्र लेख्दै जानकारी गराएकी हुन् । संघीय मन्त्रीसमेत रहेकी रञ्जिताले पार्टीको निर्णय आजै मुख्यमन्त्रीलाई लिखित रुपमा बुझाएकी हुन् ।