मन्त्र र मन्त्र दीक्षा



डा. गोविन्दशरण उपाध्याय ।

मन्त्रको शक्ति तव प्रकट हुन्छ जव यो गुरूशिष्य परम्पराअन्तर्गत साधना, तप र ज्ञानले भरिपूर्ण गुरूबाट प्राप्त गरिन्छ । मन्त्रसँग जोडिएको अर्का विषय हुन् प्राप्त कर्ता साधक, गुरूमा विश्वास गर्ने र गोप्यतामा कायम रहन सक्ने हुनुपर्छ । मन्त्रले आध्यात्मिक रूपमा जन्म, मृत्यु, जरा तथा रोगबाट मुक्ति दिएर मोक्ष प्रदान गर्छ भने मानसिक रूपमा मनलाई अनेकौं मानसिक रोगबाट छुटकारा दिन्छ । भौतिक रूपमा मन्त्रहरूले आफ्नो कर्तव्यपालनमा निर्भय बनाउँछ–यो कुरा सायणले ऋग्वेदको भाष्यमा लेखेका छन् ।

वैदिक परम्पराको पालन गर्ने गुरू र शिष्य दूवैले गोप्य विधिले मन्त्र प्राप्त गर्छन् । आजीवन विधिपूर्वक प्राप्त मन्त्रको जप गर्छन् । ती मन्त्रहरूको सबैले सुन्ने गरी, देख्ने गरी लेख्दैनन् र उच्चारण गर्दैनन् । गुरुबाट प्राप्त गोप्यमन्त्र सबैको लागि साझा गर्दा मन्त्रले आफ्नो शक्ति गुमाउँछ । उदाहरणका लागि अनुराधा पोडवालले गाएको ‘गायत्री मन्त्र’ जताततै सुन्न सकिन्छ तर उनको उच्चारण पनि शुद्ध छैन र गुरुबाट प्राप्त भएको होइन । उनले केवल एउटा गायकका रूपमा ती मन्त्र गाएकी हुन् र गायत्रीको क्यासेट बेचेर सम्बन्धित व्यक्तिले पैसा कमाउने उद्देश्य हुन्छ ।

आजभोलि निकै नाम चलेका गुरूहरूले ब्रह्म गायत्री, शक्तिको नवार्णवआदि मन्त्रहरू सबैले सुन्ने र पढ्ने गरी उच्चारण गर्ने र सामाजिक संजालमा समेत लेखेर ‘दीक्षा’ दिने अशास्त्रीय, मर्यादाहीन तथा अवैदिक कार्य गरेको देखिन्छ । पहिलो कुरा कुरा त अयोग्यलाई मन्त्र दीक्षा दिनै हुँदैन, दोश्रो कुरा आफुले गुरूबाट प्राप्त गरेको दीक्षा मन्त्र सबैले सुन्ने र देख्ने गरी प्रकाशित गर्नु हुँदैन । विधिको अवलम्बन गर्दै दीक्षाका माध्यमबाट ‘मन्त्र सुनेका’ कुनै पनि साधनावाल गुरूले यसरी मन्त्र प्रकाशित गर्नुहुन्छ भनेर कल्पना समेत गर्न सकिन्न । यदि कसैले यस्तो गरिरहेको छ भने त्यो व्यक्ति गुरू होइन ‘व्यापारी’ हो ।

व्यापारको युगमा जोसुकै पढ्न सक्ने र उच्चारण गर्न सक्नेले मन्त्रहरू पढ्न र गाउन सक्छन् । विहान–बेलुका ती मन्त्रहरू क्यासेटमा सुन्नु नराम्रो होइन तर यसरी सुनिएका मन्त्रले धर्म, अर्थ, काम र मोक्षको साधनामा कुनै योगदान दिन सक्दैनन्, मनोरञ्जन अवश्य हुन्छ । भौतिक दृष्टिकोणले वैदिक संस्कृतिको प्रचारप्रसार यिनले सहयोग अवश्य गर्छ तर मोक्ष प्राप्तिमा कुनै पनि प्रकारको सहयोग प्राप्त हुँदैन । त्यसैले गुरूबाट प्राप्त गरेको मन्त्रलाई ‘यत्नेन गोपयेत’ अर्थात् अत्यन्त सावधानी पूर्वक गोप्य राख्न पर्छ । दीक्षा दिंदा विधिपूर्वक अनुष्ठान गरेर ‘कानमा मन्त्र’ सुनाउनु पर्छ । यदि गुरूले अरूले सुन्ने गरी मन्त्र दान गर्छ वा दीक्षा प्राप्त शिष्यले प्राप्त मन्त्र सबैले सुन्ने गरी बोल्छ भने – ती मन्त्रको शक्ति समाप्त हुन्छ । यस्ता व्यक्तिले आध्यात्मिक उन्नति गर्छ भनेर सपनामा पनि सोच्नु हुँदैन ।

त्यसैले  हरेक गुरू र शिष्य दूवैले दीक्षामा प्राप्त मन्त्र गोप्य राख्नु पर्छ र बल्ल दीक्षामा प्राप्त मन्त्रले धर्म, अर्थ, काम र मोक्षको प्राप्ति गराउँछ । शास्त्रीय मर्यादा पालन नगरी मन्त्र दिनेहरू ‘धर्मध्वज’ हुन्छन् । जसले धर्मध्वजबाट दीक्षा प्राप्त गर्छ र विना संस्कार त्यसलाई उपयोग गर्छ – दूवै नर्कमा जान्छन् । शास्त्रको मर्यादा यही हो । नमान्नेलाई शास्त्रले हात समातेर रोक्दैन तर शास्त्र मान्नेलाई यसले मोक्षा प्रदान गर्छ ।
स्वस्त्यस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो अष्ट्रेलियामा नयाँवर्षको स्वागत(फोटोफिचर)

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष सन् २०२५ को भव्य स्वागत गरिएको छ

तस्बिरमा हेर्नुस्, अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल

काठमाडौं । पर्यटकीय नगरी ठमेलमा अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा आन्तरिक र

सहकारी ठगीमा जोसंलग्न भए पनि कानुनी प्रक्रियामा लैजानुपर्छः महामन्त्री थापा

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैलाई बराबर हुने भएकाले सहकारी

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम संचालक