कांग्रेस केन्द्रीय समिति बैठक साउन २ गतेलाई सर्यो


 

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गते दिउँसो १ बजे बस्ने तय भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा प्रदिप पराजुलीले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।