सबैथोक छैन !



डा. गोविन्दशरण उपाध्याय ।

पण्डित त्यही हो जसले शास्त्रीय आदेशअनुसार सत्य मात्र बोल्छ, व्यबहार गर्छ र चिन्तन गर्छ । शास्त्र ज्ञातालाई पण्डित भनिन्छ तर सबैले सबैशास्त्रको ज्ञान हुँदैन । उदाहरणका लागि व्याकरणमा दक्ष व्यक्तिले स्थापत्यशास्त्र (इन्जिनिरिंग) नजानेको हुन सक्छ भने सङ्गीत (गन्धर्ववेद)को ज्ञान भएकोले साहित्यशास्त्र नजानेको हुन सक्छ । वेदका छ शास्त्र र चौध विद्यामा सबैको विज्ञता नहुनु स्वाभाविक हो ।

यजुर्वेदले कर्मकाण्ड (जन्मदेखि मृत्युसम्म र त्यसपछि पनि गर्नु पर्ने नित्य र नैमित्तिक कर्मकाण्डमा प्रयोग गरिने अधिकांशमन्त्रहरूको प्रतिनिधित्व) गर्छ । ऋग्वेद, सामवेद र अथर्ववेदमा पनि कर्मकाण्डमा प्रयोग गरिने मन्त्र छन् । कर्मकाण्डले वैदिक संस्कृतिलाई सभ्यताका रूपमा स्थापित गरेको हो । कर्मकाण्डका विज्ञहरूले विश्वको सबै कुरा जानेको हुनु जरुरी छैन । उनीहरूले आधुनिक विज्ञानका समस्याहरूको उत्तर दिन आवश्यक छैन ।

पुराण बाचकहरू (प्रबचन कर्ता)ले पुराणमा लेखिएका विषयवस्तुहरूलाई र वैदिक संस्कृति तथा धर्मका विषयलाई सर्वसाधारणले बुझ्ने र जीवनलाई उपयोगी हुने तरिकाले प्रस्तुत गर्छन् । उनीहरू मोटीभेटर पनि हुन् जसले वैदिक संस्कृतिप्रति सर्वसाधारणको आस्था र विश्वासलाई अझैं बलियो बनाएर निरन्तरता सुनिश्चित गर्छन् । यस अर्थमा, ज्योतिषी, संगीतज्ञ, कर्मकाण्डी, कथाबाचकहरूका आ–आफ्ना विज्ञताहरू छन् । सुकरातके भन्थे– म अरू भन्दा जान्ने छु किनभने मैले धेरै कुरा जानेको छैन भन्ने बुझेको छु ।

आधुनिक विश्वविद्यालयमा विज्ञान पढेको÷जानेको व्यक्ति ज्योतिषी, कर्मकाण्डी, कथाबाचक हुनुहुँदैन भन्ने छैन । यस्तो हुनु सुनमा सुगन्ध हुन्छ । संस्कृत एउटा प्राचीन भाषा हो जुन जसले पढ्छ, बुझ्दछ र प्रयोग गर्छ उसैको हुन्छ । संस्कृतलाई कर्मकाण्ड वा हिन्दूसमुदायमात्रसंग जोड्ने पटमूर्ख हुन् । अंग्रेजहरूको सफलता हो कि उनीहरूले आफ्नो भाषालाई विज्ञानको तहमा पुर्याए । संस्कृतज्ञ, नेपाली विज्ञा, हिन्दी विज्ञहरूसंग पनि यो विकल्प खुला छ । केवल संस्कृतभाषामा ‘सबै थोक’ छ भन्ने अतिवादी सोचले काम गर्दैन बरू संस्कृतमा लेखिएका विशाल ज्ञान भण्डारप्रति अविश्वास उत्पन्न गर्छ । संस्कृतमा सबै थोक लेखिएको छैन तर लेख्न सकिन्छ–यो तत्थ्यचाहि सत्य हो ।

संस्कृत जान्नु, बुझ्नु त्यसमा पनि वेदका ऋचाहरू पढ्दा सोझै बुझ्न र व्याख्या गर्न सक्नु, अन्य संस्कृत साहित्यमा संस्कृतका जानकारका रूपमा सोझै पहुँच हुनु बडो गौरवको कुरा हो । वेदको अर्थ नै ज्ञान भएको कारणले विश्वका हरेक क्षेत्रमा जुनसुकै भाषा वा संस्कृतिमा नयाँ खोजअनुसन्धान स्थापित हुँदा त्यो पनि वेदकै अंग बन्छ तर संस्कृतभाषामा प्राप्त हालका चारवेदमा ‘सबै थोक पहिले नै लेखिएको छ, भनिएको छ’ भन्नु अतिवाद हो । यसले वैदिक संस्कृतिको महानता र विशालताप्रति विश्वसनियता घटाउने काम गर्छ ।

वैदिक संस्कृति, सभ्यता तथा संस्कृतलाई माया गर्नेहरूले संस्कृत जानेकै हुनुपर्छ, बुझेको हुनुपर्छ, बोल्ने–लेख्ने हुनुपर्छ भन्ने छैन । मैले यस्ता धेरै व्यक्ति भेटेको छु जसले वेद र वैदिक संस्कृतिसँग गहन प्रेम गर्नुहुन्छ, संस्कृतप्रति गहिरो सद्भाव छ तर संस्कृत जान्नुहुँदैन । आफ्नै भाषामा उपलब्ध संस्कृतबाट अनुवाद भएका ग्रन्थहरूले उहाँभित्र यो आस्था जन्मिएको र स्थापित भएको हो । यो आस्था पनि वैदिक संस्कृतिको निरन्तरताका लागि त्यतिनै महत्वपूर्ण छ जति एउटा कर्मकाण्डका ज्ञाताले जन्मदेखि मृत्युका संस्कारहरू गराएर संस्कृतिको संरक्षण गरिरहेका हुन्छन् ।

वेदको विशालता र सर्वस्वीकार्यता स्थापित गर्न वेदका विषयवस्तुहरूलाई (हिन्दू संस्कृतिका विभिन्न अङ्गहरूलाई) सहजता र विनम्रतापूर्वक बुझ्ने र जान्ने प्रयत्न गरौँ । जानेबुझेकाले विनम्रता, सत्यनिष्ठा र सहजतापूर्वक जानकारी दिने काम गरौँ । बुझ्न र जान्न चाहनेहरूले पनि आधिकारिक तर विनम्र विद्वानहरूबाट वैदिक र अवैदिक संस्कृत साहित्यमा उपलब्ध विषयवस्तुहरू वारे जानकारी प्राप्त गरौँ । केवल आलोचनाका लागि संस्कृतभाषाको जानकारी प्राप्त गर्नेहरू वैदिक संस्कृति र सभ्यताका घातक तत्व हुन् । यस्तासंग सावधान हुनैपर्छ किनभने यिनले सही तत्थ्यको पनि स्वार्थमुखी व्याख्या गरेर विज्ञसमेतलाई दिग्भ्रमित पार्छन् ।

कर्तव्य, विनम्रता तथा सत्यनिष्ठ भएर वैदिक ज्ञान सिकौं, प्रचार गरौँ र धर्म, अर्थ, काम तथा मोक्षको लक्षलाई विश्वको लक्षमा रुपान्तरण गरौँ । एउटा नेपालीका रूपमा हरेक नेपालीले यो मौलिक अधिकार स्वतः प्राप्त गरेको छ, गौरव गरौँ । मैले यो कार्टुन सामाजिक संजालमा भेटेको हुँ । सकारात्मक अर्थमा ग्रहण गर्दा यो कार्टुनले हरेक विज्ञहरूलाई विषयनिष्ट भएर आफ्नो विज्ञतामा अगाडी बढ्न सहयोग गर्छ । आफ्नो विज्ञताको क्षेत्रमा रहेर काम गर्नेहरू हरेक अर्थमा सम्मानित हुनुहुन्छ र हुनुपर्छ ।
स्वस्त्यस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौंमा मेलम्चीको पानीको आपूर्ती

नेपाल प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी), नायब महानिरीक्षक (डीआईजी) बढुवाका

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच दुई घण्टा के विषयमा भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ

प्रकाशमानको प्रश्नः कांग्रेस-एमाले सरकार बनेपछि कुनै ‘स्क्याम’ सुन्नुभएको छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन्