जलहरीमा नाम लेख्नु त पशुपति क्षेत्रको एक रोपनी जग्गा आफ्नो नाममा पास गर्नुभन्दा बढी अपराध हो



नारायण गाउँले ।
विश्वभर पुरातात्विक महत्व भएका संरचनामा एउटा इँट्टा फेर्न पर्दा समेत रङ्गदेखि आकार र सामग्री उस्तै देखियोस् भन्ने सजगता हुन्छ । पशुपतिनाथ त विश्वभरका हिन्दुको पवित्र सम्पदा पनि हो ।  राज्यकोषबाट मन्दिरको गर्भगृहभित्र रहने एउटा जलहरी फेर्दासमेत  एक दर्जन बढ़ी मान्छेको नाम लेखिनु सर्वथा अनैतिक कार्य हो । शिलालेखमा त लेखिएकै थियो थियो, मूल शिवलिङ्गमाथि रहने जलहरीमैं व्यक्तिको नाम लेख्ने सोच या लोभ कसरी आयो होला ? यो त पशुपति क्षेत्रको एक रोपनी जग्गा आफ्नो नाममा पास गर्नुभन्दा बढ़ी अपराध हो ।
राज्यकोषमात्रै होइन, आफ्नै निजी सम्पत्तिले कसैले जलहरी निर्माण गरे पनि त्यस्तो सम्पदामा व्यक्तिको नाम लेख्ने अनुमति नदिइनुपर्ने हो । सदाको लागि पशुपतिको गर्भगृहमैं नाम कुँदिन्छ भने धेरै धनाढ्यहरूले दानका नाममा सम्पदा कब्जा गर्न सक्नेछन् । यसरी चढ़ाउनेको नाम र कीर्तिले पशुपतिनाथका सबै भित्ता रङ्गिन सक्छन् ।

यति ठूलो आस्था र सम्पदामा समेत हाम्रो निकृष्ट राजनीति घुस्नु, छानबिन गर्न पूजा रोकिनु र एक हूल मान्छे तराजू बोकेर जाने अवस्था आउनु लज्जाको विषय हो । हामी विश्वभर इज्जत नभएको, सम्पदाको मूल्य थाहा नभएको, असहिष्णु, भ्रष्ट, लोभी र कीर्ते जातिको रूपमा परिचित हुने डर देखिएको छ ।

कम्युनिष्ट नेता हुँ भन्ने आडम्बरले ईश्वरको नाममा शपथ खान नदिए पनि र पुरस्कार र सम्मानको लोभमा नेपालमा सबैभन्दा बढ़ी धर्मान्तरणमा सक्रिय कोरियन चर्चको होली वाइन कार्यक्रमलाई राज्यले नै स्पोन्सर गर्ने विस्मरणीय काम भएता पनि तुलनात्मक रूपमा केपी ओली धर्म र संस्कृतिप्रति अन्य कम्युनिष्ट नेताभन्दा बढ़ी नजिक छन् । जलहरी चढाउनुको नियतमैं खराबी देख्नु आफैंमा अतिवाद होला ।
तर, जानेर या नजानेर भएको यो गल्तीलाई सच्याएर यो विवादलाई यहीँ साम्य गर्नु र थप विवादबाट जोगाउनु आवश्यक छ । स्वयं केपी ओलीले यसमा पहल गर्नुहोला भन्ने आशा छ । हामी प्रायसः लहड़ी शासकबाट शासित हुन्छौं । यस्तोमा गलत नजीर बस्नबाट रोक्नु पनि जरूरी छ । नत्र एकदिन पशुपतिको गेटमा लहरै शासकका शालिक उभिएको देख्ने दिन पनि आउन सक्छ ।
राजनीति गर्न हजार विषय छन् । कृपया पशुपतिनाथलाई अलग राखौँ !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौं, त्यो गर्यौं भन्ने दिन गएः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले

‘सडक आन्दोलन व्यवस्था फेर्न होइन,  दलहरूप्रतिको वितृष्णा हो’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी प्रतिनिधिसभा सदस्य हुन्

शिक्षकहरुले आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । सरकारले

असिनापानीसँगै परेको चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु, सात घाइते

डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना