अब हामी देश विकासको लागि होइन, को बढी देशभक्त हो भनेर लड्ने छौं



दीपकराज गिरी ।

आज म लेख्दैछु…’मलाई लाग्छ हामी गम्भीर मोडमा आइपुगेका छौं । बास्तवमा जुन प्रकारको जनअपेक्षा थियो दलहरूले त्यसको ठिक विपरित काम गरेकै हो । देशमा परिवर्तन अनेकौं भए तर ति केबल राजनीतिक परिवर्तन मात्रै थिए । जनताको अवस्थामा खासै केही परिवर्तन आएन । धनी हरेक दिन धनी बन्दै गए ,गरिब झन् झन् गरिब । पहुँच हुनेहरूको लागि हरेक सुविधा ढोकामै उपलब्ध हुने तर भूइँ मान्छेको लागि सामान्य भन्दा सामान्य कुरा पनि दूर्लभ हुन थाल्यो । दलहरू र तिनका कार्यकर्ताको तडकभडक शैलीले उनीहरूमा झन् नैराश्यता निम्त्यायो । पछिल्लो कोभिडको समयपछि स्थिति झनै भयावह हुँदै गयो । सर्वसाधारणहरूले चर्को अभाव र गरिबी झेल्नुपर्यो । फलस्वरूप पासपोर्ट लिनेहरूको लाइन, हरेक सोमबार पशुपतिनाथमा दर्शन गर्नेहरूको लाइन भन्दा लामा हुन थाले । हाम्रो एअरपोर्ट कुनै ट्रेन स्टेशन जस्तो लाग्न थाल्यो । सबैतिरको यो बेथिति, बिसंगति र अभावविरुद्ध आफ्ना आवाजहरू बुलन्द गरेर केही नयॉ व्यक्ति र शक्तिहरूको उदय भयो र त्यो स्वभाविक पनि थियो । जसरी जनताका यस्तै अभाव असन्तुष्टिको प्रतिनिधित्व गरेर कुनै समय कॉग्रेस एमाले माओवादीहरूले लामो समयसम्म शासन गर्ने मौका पाए । ठिक त्यसै गरेर अहिलेको अवस्थामा जनताको आशा भरोसा नयॉ अनुहारहरूमा केन्द्रित भएको छ । उनीहरूमा जनताको विश्वास र भरोसा बढ्दै गयो । यी नयॉ व्यक्ति र शक्तिहरूप्रति जनताको मुख्य आकर्षण भनेको नै दलहरू प्रतिको वितृष्णा नै हो ।

नयॉ व्यक्ति र दलहरूको नारा सबैभन्दा पहिला राष्ट्रियता रह्यो, त्यो स्वभाविक पनि हो । हरेक गरिब र कमजोर मूलुकमा सबैभन्दा चॉडै आफूतिर आकर्षित गर्न सक्ने हतियार भनेकै राष्ट्रियता हो ! अब यसरी उदाएका शक्तिहरू बीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिष्पर्धा नै चलेको छ । जनता पनि जसले ठूलो स्वरमा देशको बारेमा बोल्छ त्यता लाग्नु स्वभाविक हो देश आखिर देश नै हो । झन् पछिल्लो समय जुन घटना घट्यो त्यसले मलाइ के लाग्छ भने पहिचानका लागि अब देशमा दुई शक्तिहरू मात्रै बॉकी हुनेछन् ।

१ राष्ट्रवाादी अर्को राष्ट्रघाती
एकले अर्कोलाई राष्ट्रघाती भन्ने, अर्कोले अर्कोलाई तानाशाह भन्ने । जुन संकेत भिडन्तको संकेत हो । संहारको संकेत हो । अहिलेको भोक र गरिबीलाई एकातिर छाडेर अब मुद्दा अन्तै मोडिनेछ ! अब हामी देश विकासको लागि होइन को बढी देशभक्त हो भनेर लड्ने छौ । अदृश्य शक्तिलाई त जसरी पनि लडाउनु नै छ हामीलाई । पहिला हाम्रा पूर्खा राष्ट्रको लागि विदेशीसँग लडे । अब हामी राष्ट्रियताको नाममा आफू आफू लड्ने छौं । यसबाट जुन पक्षले जितेपनि देशले हार्नेछ । समय छँदै यो विनाशकारी प्रतिस्पर्धाबाट बाहिर आएर एकले अर्कोको विचारको सम्मान गर्दै दलिय र व्यक्तिगत स्वार्थ त्यागेर हातेमालो गरेर अगाडि बढेमा मुलुकमा रहेको विद्यमान समस्याहरूविरुद्ध जित हासिल गर्दै देश अगाडि बढाउन सकिएला नत्र यही शैलीमा अघि बढे….’ जय पशुपतिनाथ !! जय नेपाल !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ