तपाईं कुन समाजवादी हजुर ?



केशवप्रसाद भट्टराई ।
वीपी, सुवर्ण , किसुनजी पनि समाजवादी ! नेहरू, इन्दिरागान्धी, राजीव गान्धी पनि समाजवादी र राम मनोहर लोहिया र जय प्रकाश नारायण पनि समाजवादी ! मान्छेकै मासु खाने र आफ्ना विपक्षीहरूलाई बाघ र सिंहको खोरमा फालिदिने भनेर दुर्नाम कमाएका मध्य अफ्रिकी गणतन्त्रका कुख्यात राष्ट्रपति र पछि सम्राट जीन बेडल बोकासा, अनि मानव इतिहासमा क्रूरता र बर्बरताका प्रतिनिधि बनेका युगान्डाका इदी अमिन र कम्बोडियाका पोलपोट समाजवादी ! देउवा, पौडेल ओली, रवि, गगन, विश्व, प्रदीप, बस्नेत , बास्कोटा सवै समाजवादी ! मोहम्मद अफताव आलम र रेशम चौधरी पनि समाजवादी !

अब गाँजा बेचेर, भट्टी चलाएर र यौन व्यवसायलाई कानुनी वैधता दिने माग राखेर होइने समाजवादी । प्रचण्ड, नेपाल, झलनाथ, विप्लव सवै समाजवादी ! निजी स्कूलमा एउटा विद्यार्थीको महिनाको पढाइ शुल्क ६०,८०,९० हजार लिने संचालकहरू समाजवादी ! एउटा मुद्दामा एक घण्टा बहस गरेको १०–२० लाख लिने तर त्यसवापत राज्यलाई कर नतिर्ने पनि समाजवादी ! पार्टीको कोटामा न्यायाधीश, सचिव, उपकुलपति,आदि आदि हुने पनि समाजवादी ! धोक्रामा पैसा भरेर फैसलाधीशलाई बुझाउने वकिल पनि समाजवादी र फैसलाधीश पनि समाजवादी भएपछि तपाईं कुन समाजवादी हजुर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ