हामी पाखण्डी र कायरहरूको राष्ट्रियता



केशवप्रसाद भट्टराई ।

१. देशको झन्डै आधा जनसंख्या भारत,खाडीका राष्ट्रहरू र मलेशियामा सवैभन्दा कठीन र खतरनाक काम गरेर जीवन निर्वाह गरिरहेका छन् – यहाँ खोक्रो र विलाशी राष्ट्रियताको धुम मच्चिएको छ । नेपालको एकीकरण र अमेरिकाको स्वतन्त्रता एकै समय जस्तोमा भएको थियो । बेलायत नेपालभन्दा पुरानो मुलुक होइन । नेपालमा मानिस घर –शहर बनाएर बस्न शुरुगर्दा नर्वे, डेनमार्क, स्वीडेन जस्ता मुलुकका मानिस गुफा कन्दरामा बस्थे ।

२. आफ्ना नागरिकलाई दुनियाँको सबैभन्दा कठीन र अमानवीय श्रम गर्न विदेश जान नपर्ने दिन ल्याएर उनीहरूलाई सम्मान, स्वाभिमान र समृद्धिको जीवन प्रदान गर्न कति सय वर्ष लाग्दछ ? हामी कसैसँग उत्तर छ ? स्कूल र कलेज र विश्वविद्यालयमा राम्रो पढाई हुने वातावरण बनाउन हामीलाई कति दशक लाग्दछ ? आम नेपालीले विरामी हुँदा सजिलै अस्पतालमा सुरक्षित उपचार पाउन अव हामीले कति वर्ष कुर्नु पर्दछ ? आम जनताले न्याय पाउँछन् , न्यायमा हस्तक्षेप हुन्न, उपलव्ध भएसम्मका योग्य र सक्षम व्यक्तिहरूलाई न्याय क्षेत्र देखि आम जनतालाई सेवा प्रवाह गर्ने राज्य दायित्वका क्षेत्रमा काम गर्ने वातावरण बनाउँछौ भनेर भन्न अवको शय वर्षमा हामी भन्न सक्छौ ? कति दशकहरू पछि राजनीति, प्रशासन, न्याय र सार्वजनिक सेवामा भ्रष्टाचारलाई संसारका औशत राष्ट्रको कोटीमा लगेर झार्छौँ भन्न सक्छौं ? विकसित देशमा सजिलै बिक्ने योग्यता र क्षमता भएका युवाहरूले ती देशमा गएर काम गर्ने भिसा पाए हाम्रा पाखण्डी र कायर राष्ट्रियताको नारा घोकेर बस्छन् ?

३. प्रजातन्त्र आएको कति वर्ष भयो ? गणतन्त्र आएको कति भयो ? राष्ट्र बनेको र नेपालको एकीकरण भएको कति भयो ? कुनै नाउमा एक्काइसौँ सताव्दीमा आएर बर्बर हत्या र आतंक मच्चाउँदै हिड्ने जथ्थालाई आफ्नो सत्ता स्वार्थको लागि हामी राजा सेना, दलहरू, मिडिया, मानव अधिकार कर्मी र वुद्दिजीवीले तिनलाई सहयोग गरेनौ कि ? प्रशस्ती गाएर तिनको आरती उतारेनौ कि ? त्यो पनि त हाम्रो राष्ट्रियता नै थियो, होइन ? वर्तमानमा हजारौँ सीताहरूलाई गर्भमै हत्या गराउने केन्द्रलाई वैधता दिने, नयाँ युगका लंकाका आधुनिक रावणहरूको चंगुलमा पर्न मुलुकबाट धपिने स्थिति बनाउने, हजारौँ वर्तमान बुद्धहरूको हत्या गरेर सीता र बुद्धको नाउमा राष्ट्रियताको राजनीति गर्ने हामी भन्दा पाखण्डी को होला ? विदेशीहरूको आड, सहयोग र समर्थन विनाका कुनै राजनीतिक परिवर्तन ल्याउन हामी सफल भयौँ ? आफ्ना जनतालाई दुई छाक खान र एकसरो लगाउन, उनीहरूका सन्तानलाई राम्रो शिक्षा पाउने वातावरण बनाउन र विरामी हुँदा उपचार नपाएर मर्दिन भन्ने कुरामा आश्वस्त पार्न नसकुञ्जेल हाम्रो राष्ट्रियताको नारा विलाशी राजनीति र फोहोर, पाखण्डी र फटाहा प्रचारवाजी मात्रै हो । चरम कायरता हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाइल्याण्डकी प्रधानमन्त्रीसँग ४० करोड अमेरिकी डलरभन्दा बढी सम्पत्ति

बैंकक । थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति

एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा विशेष निगरानी गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । सरकारले एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा कडाई गर्ने भएको छ ।

सङ्घीय निजामती विधेयकमा यस्ता छन् लोकसेवाका सुझाव

काठमाडौँ । लोक सेवा आयोगले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको

यसवर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने