देशलाई अस्थिरताबाट रोक्न मधेश प्रदेश सरकारलाई एमालेको विश्वासको मतः महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता रोक्न एमालेले मधेश प्रदेश सरकारलाई विश्वासको मत दिएको बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर वाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानवाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको बताएका हुन् । उनले यतिवेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको बताए ।

उनले भने, ‘जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा(एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर वाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानवाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ । यतिवेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।’

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार प्रदेशसभामा दोस्रो पटक विश्वासको मत पाएका छन्