भूमि अतिक्रमण खतरा होइन, सबैभन्दा खतरा नागरिक अतिक्रमण हुन्छ



मोहन लामा रुम्बा ।
भूमि अतिक्रमण खतरा होइन, सबैभन्दा खतरा नागरिक अतिक्रमण हुन्छ । भूमि अतिक्रमण भनेको ढिलो चाँडो हटाउन सकिन्छ तर नागरिक अतिक्रमण भएपछि सधैंलाई मुलुकको आफ्नो मौलिक हुनुको अस्तित्व गुम्न पुग्छ । पश्चिमी गोराहरुले कुनैबेला भारतदेखि पुरै दक्षिण अफ्रिकामाथि भूमि अतिक्रमण गरेर आफ्नो मुलुकको एक हिस्सा बनाएको थियो तर समयक्रममा छोडेर हिंड्न पर्यो तर जहाँ नागरिक अतिक्रमण गरेर बसेको थियो अष्ट्रेलिया अमेरिका क्यानाडा त्यो मुलुक सधैंलाई युरोपेली गोराको मुलुक भएर रह्यो । हाम्रो जस्तो सानु मुलुकमा सबैभन्दा बढी संबेदनशीलता र सुरक्षाको कुरा मुलुकको भूमि होइन, त्यो भूमि माथि हुनसक्ने नागरिक अतिक्रमणको सवाल धेरै ठूलो संबेदनसिलता हुन जान्छ।

त्यसैले हिजोको दिनमा राजदरबारले पटकपटक प्रधानमन्त्रीले लिएर गएको नागरिकता सम्बन्धि विधेयक फिर्ता पठाएर रोक्ने काम गरेको थियो। आज त्यो ठाउँमा राष्ट्रपति छन्, संविधानत प्रधानमन्त्रीले पेश गरेको कुनै पनि विधेयक एकपटक मात्रै फिर्ता गर्नसक्ने प्रावधान छ, त्यसपछि फेरि दोर्याएर लगेपछि कानुनतः राष्ट्रपतिले रोक्न सक्दैन। राष्ट्रपतिलाई पनि त्यही प्रधानमन्त्रीले बनाएको हुन्छ, व्यवहारमा रोक्ने कुरा पनि आउँदैन । त्यसैले नेपाल जस्तो सुरक्षा कमजोर भएको मुलुकमा राजसंस्थाको औचित्यता विपी कोइराला मदन भण्डारी मनमोहन अधिकारी जस्ता दिग्गज नेताहरूले देख्नुको अन्तरनिहित कारण यही थियो। कुनै पद प्रतिष्ठाको लागि थिएन।

आज राष्ट्रपतिको ठाउँमा राजा भएको भए निश्चितरूपमा यस्ता राष्ट्रघाती विधेयकहरु रोक्ने थिए, प्रधानमन्त्रीलाई राष्ट्रहितमा उभिन प्रेरित गर्थे । राजसंस्था स्थायी संस्था हुने हुँदा कुनै सरकारले महाभियोग लगाउन पनि मिल्दैन थियो। राजसंस्थालाई न कुनै चुनावमा हारजित हुनेको मतलब हुन्छ, न त आफ्नो सन्तानलाई कुन देशको दूतावासले पढाइदेलान् भनेर अपेक्षा राख्दै बस्ने गरेको नै हुन्छ र त्यसैले राजसंस्था सानु मुलुकमा स्थिरताको लागि चाहिएको हो त्योभन्दा बढी केही होइन।

हाम्रो जस्तो सीमा खुल्ला भएको देशको सुरक्षा संवेदनशीलता भनेको नागरिकतामा हुन्छ । किनभने एक अर्ब तीस करोड जनसंख्या भएको मुलुकको कुनामा रहेकोे एउटा सानु जनसंख्या भएको मुलुकमा त्यहाँको एउटा प्रान्तको एक प्रतिशतले मात्रै नागरिकता लिए पनि हामी हाम्रै मुलुकमा अल्पमतमा पर्न जान्छौं। आफ्नै घरभित्र अल्पसंख्यक भएपछि कुरै सकिएन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेना पनि गुटगत राजनीतिमा लागेको भए यो देशको अस्तित्व रहन्थ्यो त ?

-प्रा डा तीर्थप्रसाद मिश्र नेपाल विविध विशेषतायुक्त गौरवमय गाथा भएको र आफ्नै विशेष

धादिङको गल्छीमा पानी ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर

धादिङ । धादिङको गल्छीमा ट्यांकर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गल्छी

आज महाशिवरात्रि पर्व, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं ।  भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज

युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु