‘अखण्ड भारत’ नक्साले दुई देशको सम्बन्ध बिगार्छः बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को विवादास्पद नक्साले दुई देशका सम्बन्ध बिगार्ने बताएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले द्विपक्षीय सम्बन्धलाई अझ बढाउने सम्भावना रहेको बताएका हुन् । उनले भारतीय राजनीतिक नेतृत्वले यस नक्साको वास्तविक अभिप्राय र प्रभावलाई समयमै प्रष्ट पार्नुपर्ने बताएका छन् । भारतको नयाँ संसद भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्र समेटिएको छ।