रवि लामिछानेको प्रश्नः गृहमन्त्री र प्रधानमन्त्रीको मुटु कहाँ लगेर चेक गर्ने ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा संसदीय विशेष छानबिन समिति बनाउन माग गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै सभापति लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान शंकका घेरामा रहेकाले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेका हुन् । उनले यस प्रकरणमा अनुसन्धान गर्ने अधिकारी र प्रमुखको नामसमेत आएकाले सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘हामी भ्रष्टाचारका विषयमा बारम्बार कुरा उठाउँदै आएका थियौँ । तीन दल खुसुखुस बस्दा हामीले आशंका नगरेका होइनौँ । अहिले अनुसन्धान गर्ने अधिकारी र प्रमुखको नाम आउँदा पनि अनुसन्धान भएको छैन । त्यसैले संसदीय छानबिन समिति बनाइयोस् ।’

सभापति लामिछानेले नक्कली शरणार्थी प्रकरणमा अँध्यारो कोठामा नभई दिउँसै सिंहदरबारदेखि बालुवाटारसम्म लेनदेन भएको दाबी गरे ।

उनले भने, ‘यो प्रकरणमा सिंहदरबार, मन्त्री क्वार्टर र बालुवाटारमा लेनदेन भएको छ । अब विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाउनुपर्छ । जसजसको नाम आएको छ छानबिनको दायरामा ल्याउन किन डराएको ? गृहमन्त्री र प्रधानमन्त्रीले मुटु दरो छ भन्नु भएको थियो । किन डराएको ? उहाँहरुको मुटु कहाँ गएर चेक गर्ने ?’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी