यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति र प्रतिवद्ध कार्यकर्ताको आवश्यकता पर्छ



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भविष्यको योजनामा काम गर्ने पार्टीहरु कहिल्यै पुराना नहुने बताएका छन् । आइतबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिदैछ ।भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिलै पुराना हुँदैनन् । नेकपा(एमाले) विचारको जगमा खडा भएको जीवन्त पार्टी हो । समाजवाद नेकपा(एमाले)को लक्ष हो । जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको नेकपा(एमाले)को वाटो हो । मार्क्सवाद र जनताको वहुदलिय जनवादको मार्गदर्शनमा अघि वढेको पार्टी यथास्थितिवादी हुन सक्तैन । यो निरन्तर गतिशिल प्रवाहमा अघि वढ्ने गर्दछ ।’

उनले पार्टीको मिसन ग्रासरुटले गतिहिनता तोडेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘माओवादी केन्द्रसंगको पार्टी एकतासंगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन । संगठनात्मक अराजकता वढेर गयो । परिणाम स्वरुप यसको गति केही कमजोर बनेको थियो । संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो । मिसन ग्रासरुटले गतिहिनता तोडेको । नयाँ गतिको आधार सिर्जना गरेको छ । एकिकृत शक्ति निर्माणको जग तयार गरेको छ ।’

महासचिव पोखरेलले यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिवद्ध कार्यकर्ताको आवश्यकता पर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘नयाँ स्वतः विकल्प हुने, राम्रो र सफल हुने होइन । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिवद्ध कार्यकर्ताको आवश्यकता पर्दछ । नेकपा(एमाले)को पाँचौ केन्द्रीय कमिटीको पूर्ण वैठकले प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने जबजको मान्यताका आधारमा पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको छ । विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुश्चक्रलाई तोड्ने सामर्थ्य राख्दछ र मुलुकलाई परिवर्तनको दिशामा डोर्याउन सक्दछ । आउनुहोस मुलुकलाई राजनीतिक अस्थिरता र चरम आर्थिक संकटको दुश्चक्रवाट मुक्तगर्न नेकपा(एमाले)लाई बलियो राष्ट्रिय शक्तिकारुपमा सुदृढगर्न नयाँ संकल्प सहित नयाँ यात्राको थालनी गरौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा