कांग्रेस सांसद सञ्जय गौतम आमरण अनसनमा



काठमाडौं । विभिन्न १५ बुँदे माग राख्दै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले आमरण अनशन सुरु गरेका छन् । बर्दिया क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गौतमले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने जब्दीघाटको भत्किएको पुलमुनि टेन्ट लगाएर आमरण अनशन सुरु गरेका हुन् ।

जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने, सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धनका काम गर्नुपर्ने, सिँचाइ आयोजनाहरूमा बजेट सुनिश्चित हुनुपर्ने लगायतका माग राखेर उनी अनशन बसेका हुन् ।

सदनमा कैयौँ पटक जब्दीघाटको पुल निर्माणको आवाज उठाए पनि राज्यले बेवास्ता गरेकोले बाध्य भएर आमरण अनशनमा बस्नुपरेको गौतमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा