यी हुन् भिडियोको ‘भ्युज’ बढाउन विमान दुर्घटना गराउने पाइलट



भिडियोको ‘भ्युज’ बढाउनका लागि नियतवश एक विमान दुर्घटना गराएका युट्युबरले दुर्घटनास्थल सफा गरेर सङ्घीय अनुसन्धानलाई अवरोध गरेकोमा दोष स्वीकारेको अमेरिकी अभियोजनकर्ताहरूले बताएका छन् । २९ वर्षीय ट्रेभर ज्याकोबले सन् २०२१ को डिसेम्बरमा उक्त विमान दुर्घटनाको भिडियो युट्युबमा पोस्ट गरेका थिए ।

उनले त्यो दुर्घटना नै भएको भन्दै जोड दिएको उक्त भिडियोलाई अहिलेसम्म २९ लाखभन्दा धेरै पटक हेरिएको छ । अदालतमा प्रस्तुत गरिएको दलिलमा उनले उक्त भिडियो एउटा वस्तुको प्रायोजन सम्झौता अन्तर्गत खिचिएको जनाएका छन् । उनलाई २० वर्षसम्मको जेल सजाय हुनसक्छ ।

२९ वर्षीय पाइलट तथा स्काइडाइभर उनले सङ्घीय अनुसन्धानमा अवरोध पुग्ने गरी गरिएको विध्वंस र त्यसलाई लुकाउने काम बापतको गम्भीर अपराध स्वीकारेको बिहीवार अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

सन् २०२१ को नोभेम्बरमा ज्याकोबले सान्ट बार्बरा, क्यालिफोर्निया विमानस्थलबाट एक्लै उडान गरेका थिए। उनको विमानमा क्यामेराहरू जडान गरिएका थिए । त्यसबाहेक उनीसँग प्यारासुट र सेल्फी स्टीक समेत थियो ।

उनी ‘आफ्नो गन्तव्यमा पुग्न चाहेका थिएनन् बरु उडानकै बखत आफ्नो विमानबाट निस्कने र प्यारासुटका सहायताले जमिनमा झरेको भिडियो खिच्ने योजनामा थिए र त्यसबिचमा उनको विमान तल झर्दै दुर्घटना भयो,’ सेन्ट्रल डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाका लागि अमेरिकी न्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

उक्त विमान उडान सुरु गरेको ३५ मिनेटपछि द लस पड्रेस न्याश्नल फरेस्टमा दुर्घटनाग्रस्त भएको थियो । उनी हिँड्दै उक्त स्थानमा पुगेर फुटेजहरू सङ्कलन गरे । युट्युबमा उक्त भिडियो हेर्नेहरूले दुर्घटनाबारे शंङ्का व्यक्त गरेका थिए ।

ज्याकोबले पहिल्यै प्यारासुट लगाएको र विमानलाई सुरक्षित तरिकाले अवतरण गराउने कुनै प्रयास नगरेको कुराले आफूहरूको ध्यान खिचेको उनीहरूले बताएका थिए । उनले उक्त दुर्घटनाबारे नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डमा जानकारी गराएका थिए । उक्त निकायले त्यहाँको भग्नावशेष संरक्षणको जिम्मेवारी ज्याकोबकै रहेको जनायो । अदालतमा प्रस्तुत दलिलमा ज्याकोबले पछि दुर्घटनास्थल आफूलाई थाहा नभएको दाबी गरेका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यो उनलाई थाहा थियो र उनी हेलिकप्टरबाट फर्किए र भग्नावशेषलाई सुरक्षित पार्ने र हटाउने काम गरे जसलाई पछि उनले नष्ट गरे ।’ आउँदा सातामा अदालतमा ज्याकोबलाई प्रारम्भिक रूपमा उपस्थित गराइने अपेक्षा गरिएको छ । गत वर्ष उनको पाइलटको अनुमति पत्र रद्द गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको