‘निर्दाेष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निर्क्योल हुन सकोस्’



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत सिंहले अनुसन्धानलाई प्रभावित नपार्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाइयोस् । नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस् । यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएको छ ।’

उनले यसलाई कुनैपनि बहानामा राजनीतिकरण नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कानुनको सर्वमान्य सिद्धान्त हो–दोषीहरू नछुटुन्, निर्दाेषहरु नपरून् । कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दाेष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निर्क्योल हुन सकोस् । प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाओस् । यसलाई कुनै पनि बहानामा राजनीतिकरण नगरियोस् । यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको