शीर्ष नेताहरू भेट्दा जनतामा नक्कली शरणार्थी प्रकरणको कारबाही कमजोर बन्ने हो कि भन्ने आशंका बढेको छः राजेन्द्र लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भटानी शरणार्थी प्रकरणको कुनै पनि दोषी जोगाउने काम सरकारले नगर्न खबरदारी गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै सरकारको नाममा रुलिङ जारी गर्न माग गरे ।

लिङदेनले शीर्ष नेताहरू भेट्दासमेत जनतामा कारबाही कमजोर बनाउन भएको हो कि भन्ने शंका बढेको बताए । उनले भने,’नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा कति प्रगति भएको छ, कारबाही प्रक्रिया कहाँ पुग्यो संसद्लाई जानकारी गराउन माग गर्छु । यसमा सभामुखबाट रूलिङ होस् ।’

उनले देशको गरिमा अन्तर्राष्ट्रियस्तरसम्म झुकेको भन्दै दोषीलाई उन्मुक्ति दिने र कमजोर बनाउने काम नगर्न अनुरोध गरे । उनले यसमा पूर्वउपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको बताए । उनले यो प्रकरण पछिल्लो समय अख्तियारलाई बुझाउने हो कि भन्ने तर्कहरु आउन थालेका भन्दै उनले यस्ता गल्ती नगर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिहारका लागि मखमली फूलको माला उन्दै गुन्डुका महिला(फोटोफिचर)

तिहार पर्व नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका वडा न ७ गुन्डुका महिला मखमली फूलको

मीनबहादुरमाथि किन प्रश्न ?

केशवप्रसाद भट्टराई । तर मीनबहादुरलगायतका नेपालको अर्थतन्त्रलाई जसातसो धानीरहेका उद्योगपति र व्यापारीहरूको सम्मान

बेनी–मालढुङ्गा सडकः ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित

अन्नपूर्ण हिमालको आधार शिविरमा आन्तरिक पर्यटकको भीड

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक