‘प्रचण्ड, देउवा र ओलीको मिटिङ नक्कली शरणार्थी प्रकरणका दोषीलाई जोगाउनका लागि हो ?’



काठमाडौं । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेका भेटवार्ताप्रति नक्कली शरणार्थी प्रकरणमा संलग्न दोषी जोगाउनका लागि भएको हुनसक्ने आशंका गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता भ्रष्टाचारी र ठगीलाई कारबाही गरेको फिल्म देखाउनका लागि हो भनेर प्रश्न गरे ।

उनले भने, ‘नेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अर्बौं ठगी गर्नेहरू को को हुन् ? प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो कि ?’

शरणार्थी प्रकरण सतहमा आएपछि प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच पटक पटक भेटवार्ता भएको छ भने आज प्रधानमन्त्री, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो । भेटमा नक्कली शरणार्थी प्रकरणकाबारेमा पनि भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका