रायमाझी लुकेर बस्नुले दोषी रहेको पुष्टि गर्छ : सांसद यादव



काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका दोषी जोगाउने काम हुन नहुने भन्दै सरकारलाई खबरदारी गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने बताएका हुन् ।

बैठकमा नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काम राष्ट्रघात र देशद्रोही भएको बताएका छन् । उनले भने, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, करोडौँ असुल्ने जघन्य अपराध हो । राष्ट्रघात हो । देशद्रोही काम हो ।’

उनले अहिलेसम्म जाँचबुझको काम कहाँ पुगेको छ सदनलाई जानकारी गराउन माग गरे । उनको प्रश्न थियो, ‘कोही व्यक्ति पक्राउ परेका छन् । कोही भागिरहेका छन् । कोही नोटिसमा हुनुहुन्छ तर सदनमा बोलिरहनुभएको छ । जाँचबुझ के भइरहेको छ ? सरकारले के गरिरहेको छ ?’

जसपाका सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने बताए । उनले पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी लुकेर बस्नुले दोषी रहेको पुष्टि गर्ने बताए । उनले भने,“यदि, दोषी छैनन् भने किन लुकेर बसेका छन् ? लुक्नु भनेको कुनै न कुनै रूपमा यो प्रकरणमा उनको संलग्नता भएको पुष्टि गर्दछ ।’

सांसद देवेन्द्र पौडेलले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाले नेपाल पक्ष भएर गरिएका सम्झौता र सन्धिविपरीत भएकाले दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा