ओलीको प्रश्नः म प्रचण्डजीलाई सोध्न चाहन्छु, तपाईँको सिनेमा हलमा कहिलेदेखि लाग्छ फिल्म ?



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिटो फिल्म देखाउन आग्रह गरेका छन् । सोमबार युवा संघको कार्यक्रममा अध्यक्ष ओलीले आफूहरु छिटो फिल्म हेर्न आतुर रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘म प्रचण्डजीलाई सोध्न चाहन्छु, तपाईँको सिनेमा हलमा कहिलेदेखि लाग्छ फिल्म ? हामी हेर्न आतुर छौं ।’प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा यो ट्रेलर मात्र रहेको र फिल्म आउन बाँकी नै रहेको बताएका थिए । त्यसको जवाफमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले संवैधानिक परिषद्को बैठकमा पनि फिल्म कहिलेदेखि सुरु हुन्छ भनेर सोध्ने बताए । उनले आफूहरु भ्रष्टाचार गर्नेलाई जोगाउन नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउने काममा नलाग्न चेतावनी दिए ।

उनले भने, ‘कसैलाई खेदी खेदी हत्कडी लगाउने कुरा कसैलाई छोड्ने कुरा सह्य हुँदैन।’ उनले यो प्रकरणमा प्रधानमन्त्रीले नै बोलाएपछि आफू भेट्न गएको भन्दै अहिले आफूले दबाव दिएको भान पार्न खोजिएको भन्दै आपत्ति जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको