वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस


काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिस अनुसार अब राष्ट्रपति पौडेलले संसद अधिवेशन आह्वान गर्नेछन् । वैशाख १५ गते राति १२ बजेदेखि संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

त्यस्तै बैठकले कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा बिस्थापितहरुका सन्दर्भमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने निर्णय गरेको छ ।

विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।