काठमाडौं । संविधानका निर्माताहरुलाई सरापेर देश नबन्ने बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले संसारभर गणतन्त्रका संस्थापक र संविधानसभाबाट लोकतान्त्रिक संविधानका निर्माताहरुलाई सम्मानपूर्वक सम्झना गरिनेमा हामीहरुकोमा गाली गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले गाली गरेर देश नबन्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘संसारभर गणतन्त्रका संस्थापक र संविधानसभाबाट लोकतान्त्रिक संविधानका निर्माताहरूलाई सम्मानपूर्वक सम्झना गरिन्छ । जस्तै–अमेरिकाका जर्ज वाशिङटन, जेम्स म्याडिसन इ.;भारतका बिआर अम्बेडकर, डा.राजेन्द्र प्रसाद इ. । तर हामीकहाँ गणतन्त्रका संस्थापक र संविधानका निर्माताहरूलाई सत्तोसराप गर्ने होडबाजी चल्छ ! अनि बन्छ देश ?’

प्रतिक्रिया