एउटा सांसदले पार्टीको सङ्केतबिना आफ्नै लागि मात्रै पैसाको डिल गर्न सक्ने कुरोमा विश्वास गर्न सकिन्न



नारायण गाउँले ।

दुर्गा प्रसाईंजस्तो सर्वव्यापी पहुँच र परिचय भएको व्यक्तिसँग भर्खरको एउटा सांसदले पार्टीको सङ्केतबिना आफ्नै लागि मात्रै पैसाको डिल गर्न सक्ने कुरोमा विश्वास गर्न सकिन्न । तैपनि अडियो सार्वजनिक भएको केही घन्टामैं हामीविरुद्धको षड्यन्त्र हो भन्ने स्तरको बचाउ नगरी पार्टी सदस्यतासमेत निलम्बन गर्ने निर्णय स्वागतयोग्य हो । स्मरण रहोस्, गोकुल बास्कोटाको यस्तै अडियो सार्वजनिक हुँदा तत्कालीन अध्यक्ष केपी ओलीले अडियो नै नक्कली भएको भन्दै बचाउ गरेका थिए । बास्कोटाले मन्त्रीबाट राजीनामा दिएपछि पनि नक्कली अख्तियार कर्मचारी बनेर उनका कार्यकर्ताले मन्त्रालयका कागजात चोरी गरेका थिए । एउटै योजनामा इतिहासकै त्यति ठूलो कमिशन काण्डलाई पार्टीले मजाक मात्रै बनाएन, उल्टै उनले पार्टी कार्यकर्तालाई सुशासनको तालीम दिँदै आएका छन् । अझ उदेक लाग्दो त के भने नयाँ भनिएको रास्वपाका नेता लामिछानेले नामैं लिएर प्रसंशा गरेका एकमात्र नेता बास्कोटा नै देखिए

पार्टी सञ्चालन र राजनीति खर्चिलो छ । अझ ठूलो कार्यकर्ता बेस र लेभीजस्तो नियमित अम्दानी नहुने दलले त्यो स्रोत जुटाउन वैध–अवैध सबै बाटो समाउने सम्भावना सधैँ हुन्छ । अडियो सुन्दा बास्कोटाको जस्तो प्रत्यक्ष्य घूसको माग नभएर ’चन्दा’को तहमा दुई करोड़ मागिएको जस्तो बुझिन्छ । तर यो चन्दा भनेको एडभान्समा लिइने घूस नै हो । कम्तिमा यस्तो प्रमाण सार्वजनिक हुँदा पार्टीले बचाउ नगर्ने नजीर स्थापित भयो भने भोलि पार्टीले अराए नै पनि सांसदहरू हच्किने अवस्था बन्छ । अहिले त ’खाएँ त खाएँ, तेरो बाउको खाएँ र ?’ भन्ने अवस्था छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओली भन्छन्-पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा ‘१० भाइ’ छैनन्

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

केन्द्रीय समिति बैठकले निरन्तरतामा क्रम भङ्ग गरेको प्रचण्डको दाबी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आठौँ केन्द्रीय समितिको छैटौँ

१४ बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह

काठमाडौं । नेकपा एमालेले अहिलेको गठबन्धन सरकार बनेपछि जनतामा आशा जागेको निष्कर्ष निकालेको

शासकीय जिम्मेवारी लिएका दलहरू नै संघीयताप्रति अनुदारः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै राजनीतिक दल संघीय व्यवस्थाप्रति अनुदार