पैसा मागेको आरोप लागेका रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएको छ ।

अडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् । उनले अहिले निलम्बन गरिएको र दोषी देखिए थप कारबाही हुने उनले बताए ।

उनी समानुपातिकतर्फबाट सांसद भएका थिए । श्रेष्ठले मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले मागेको भन्दै प्रसाईंसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको हो ।