उपनिर्वाचन र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मन्त्रिपरिषदको पूर्णता, उपनिर्वाचन, समयसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

बैठक बिहान दश बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।  यसअघि बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम चयन गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो ।