राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा उपनिर्वाचनका उम्मेदवार घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ । शनिबार पार्टी कार्यालय महाराजगञ्जमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित भएका थिए । तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उनको पद खारेज गरे पछि त्यहाँ उपनिर्वाचन लागेको हो । नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ मा रास्वपाले वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो । खरेल मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उम्मेदवार बनेका थिए । तर उनी निर्वाचनमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब छिमेकीसँग माग्ने होइन, आत्मनिर्भर हुने बाटोमा लाग्नुपर्छ :अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग माग्नुपर्ने अवस्था सिर्जना गर्न

मुलुकमा धार्मिक सद्भाव कायम गर्न धार्मिक अगुवाहरुको अपील

  काठमाडौँ ।  धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शुक्रबार गृह मन्त्रालयमा

अनुप बरालमाथि उषा रजकको हमला !

काठमाडौँ । अभिनेत्री उषा रजकले अनुप बरालमाथि नेपोटिजम गरेको आरोप लगाएकी छिन् ।