कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजे बस्ने बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

यही चैत ६ गते विश्वासको मत पुनः लिनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दललाई सरकारमा सहभागी गराउन आज मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब छिमेकीसँग माग्ने होइन, आत्मनिर्भर हुने बाटोमा लाग्नुपर्छ :अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग माग्नुपर्ने अवस्था सिर्जना गर्न

मुलुकमा धार्मिक सद्भाव कायम गर्न धार्मिक अगुवाहरुको अपील

  काठमाडौँ ।  धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शुक्रबार गृह मन्त्रालयमा

अनुप बरालमाथि उषा रजकको हमला !

काठमाडौँ । अभिनेत्री उषा रजकले अनुप बरालमाथि नेपोटिजम गरेको आरोप लगाएकी छिन् ।