फोन ट्याप गर्ने कानुन फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छः कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यक्तिगत फोन ट्याप गर्ने कानुन ल्याउन लागेको भन्दै आपत्ति जनाएका छने । बुधबार सामाजिक संजालमार्फत कोइरालाले नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयक ल्याउने तयारीमा सरकार लागेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्,‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि वढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ।’

राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान दिन कोइरालाले आग्रह गरेका छन् ।